काठमाडौं । गएको २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना संक्रमण देखिएको छ । तीन हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिइएको हो । यस्तै आज ५४३ जना डिस्चार्ज भएका छन् ।
नेपालमा पीसीआर परीक्षणको दर ह्वात्तै घटेको भने कोरोना भाइरसको संक्रमणका सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । आज देश भर सक्रिय संक्रमितको संख्या चार हजार चार सय २२ जना रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकरी दिनुभयो । यी मध्ये संस्थागत आइसोलेसनमा तीन हजार २४२ र होम आइसोलेसनमा एक हजार १७९ जना रहेका छन् ।
आज भक्तपुरमा ९, ललितपुरमा १८ र काठमाडौंमा ९९ गरी उपत्यकामा १२६ जना संक्रमित भेटिएका छन् । गएको बुधबारदेखि हालसम्म २४ हजार ७९२ जनाको पीसीआर परीक्षण गरिएकोमो एक हजार ९६३ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई हजार ७७५ जना डिस्चार्ज भएको र २८ जनाको निधन भएको प्रवक्ता गौतमले बताउनुभयो ।