• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बिशेष संगठनात्मक अभियान : बाताकाचौर र बोेहरागाउँमा कार्यक्रम


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरौं । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको बिशेष संगठनात्मक अभियान अन्तर्गत बाताकाचौर र बोहरागाउँमा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    शनिबार टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको सिग्दीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले राजनैतिक स्थायित्व कायम गर्ने प्रतिबद्धता गरेर जनताबाट झण्डै दुई तिहाईको जनमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अवमूल्यन गरेको बताउनुभयो ।

    देशलाई अस्थिर बनाएर विदेशी शक्ति केन्द्रलाई निम्तो दिएको भन्दै उहाँले यसले राष्ट्रियतासमेत खतरामा पारेको उल्लेख गर्नुभयो । ढुंगानाले राष्ट्रियतालाई जोगाउन अधिनायकवादी कदम बिरुद्धको सघर्षमा होमिन सबैलाई आव्हान पनि गर्नु भयो ।

    राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतले मन्तब्य दिनु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापा, प्रगतिशील पत्रकार संघका जिल्ला कोषाध्यक्ष प्रकाश छन्त्याल, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका सदस्य तथा वडा सदस्य दिपा सुनार, टेक बहादुर केसी लगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम वडा समितिका अध्यक्ष पृथबहादुर पुनको अध्यक्षता, पालिका सदस्य शेरबहादुर पुनको सञ्चालन र वडा समितिका सदस्य पूर्ण बहादुर श्रीसको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    यता, टोली नं.३ ले निसीखोलाको बोहरागाउँमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, जिल्ला सदस्य थमन घर्ती, दुर्गादेबि घर्ती, प्रगती बुढा लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रम वडा संयोजक टंकप्रसाद शर्माको अध्यक्षता र पालिका सचिव मिलन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    यो पनि :

    राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभियान

    बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.