• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अन्तर्राष्ट्रिय नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : राष्ट्र निर्माणको बाटोमा ‘प्रचण्ड-नेपाल’ले अवरोध गरे


  •   शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष इस्वी सम्बत २०२१ को शुभकामना दिँदै विभाजित नेकपाको अर्को समूहप्रति कटाक्ष गर्नुभएको छ ।

    Advertisement

    सन्देशका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै त्यसमा ‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षा’ले अवरोध पुर्‍याएको आरोप लगाउनुभएको हो ।

    कसैको नाम नलिएका प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै देश विकासको बाटोमा बाधक बनेको आरोप लगाउनुभएको छ । यसका बाबजुद मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेको पनि प्रधानमन्त्रीको दाबी छ ।

    शुभकामनाको पूर्ण पाठ:

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
    आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्रेगोरियन क्यालेन्डर अथवा इस्वी संवतको पात्रो नुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइन्छ । वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी संवतलाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं ।

    भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपर्‍यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो । संसारका साधन, स्रोत, प्रविधि र शक्तिसम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रोभन्दा कैयौं गुणा बढी क्षति बेहोर्नुपर्‍यो ।

    हामीले कोभिडसँग लड्ने क्षमताका हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिँदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।

    दिदीबहिनी तथा दाजुभाइहरू,
    भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ हामी उन्मुख छौं। बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं । पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतका तुलनामा निकै अघि बढ्न सफल भएका छौं ।

    हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरू सम्पन्न गर्‍यौं । पाँच वर्षअघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाधबाहेक निष्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं । व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ ।

    दिदीबहिनी तथा दाजुभाइहरू,
    हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य छ । तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नुपर्‍यो । यसका बाबजुद मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं ।

    आगामी दिनमा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं ।
    हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु ।

    अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाइमा पुग्नेछ । राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ । आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबुत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यावहारिक र वास्तविक अर्थमा प्रयोग गर्दै अघि बढ्नेछौं ।

    भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं । राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाइमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

    अन्त्यमा, नयाँ वर्ष २०२१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
    धन्यवाद !

    शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.