काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने भ्रमण पुरा गरी आज (आइतबार) स्वदेश प्रस्थान गर्दैछन्। त्यस क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अढाई घण्टा बन्द हुने भएको छ ।
Advertisement
सी दिउँसो साढे १२ बजे काठमाडौँबाट स्वेदश प्रस्थान गर्ने कार्यक्रम छ। बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थल बन्द हुने छ। त्यस अबिधिमा कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा शनिबार पनि विमानस्थल अढाई घण्टा बन्द भएको थियो।
चिनियाँ राष्ट्रपतिको सवारीको कारण आज पनि काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ। आइतबार रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा प्रहरीले रोक लगाइएको छ।
सीको भ्रमणको अवसरमा सरकारले आइतबार देशैभर सार्वजनिक बिदा दिएको छ।