• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ ।

    Advertisement

    पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् ।

    उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’

    उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’

    श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् ।

    ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’

    श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् ।

    नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ राजदूत यान्छी र पछिल्लो समय नेपाल भ्रमणमा रहेका उपमन्त्री नेतृत्वको टोलीले सो प्रयास गरिरहेको उनले बताएका छन् । यस्तै, उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर पार्टी एकताका लागि मनाउने प्रयासमा चीन रहेको दाबी पनि गरेका छन् ।

    शरण अगाडि लेख्छन्, ‘पक्कै पनि काठमाडौंमा चिनियाँ राजदूत होउ यान्छी दलहरु बीचको रेफ्री बनेर पार्टीलाई एकजुट राख्नको लागि व्यस्त रहेकी छन् । चीनले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप–मन्त्रीको नेतृत्वमा चार सदस्यीय दलको प्रतिनिधिमण्डल पठाएको छ र एनसीपीलाई एकतामा राख्नको लागि अन्तिम प्रयास गर्न। यो पछिल्लो घटनाक्रम मा यसको चासो प्रतिबिम्बित गर्दछ। ओलीलाई संसदको भंग खारेज गर्न र नेतृत्व परिवर्तन स्वीकार्न दबाब दिइरहेको छ। उनलाई राजीनामा गर्न राजी गर्न प्रधानमन्त्रीको रूपमा गैर विवादित राजनीतिक व्यक्तित्व ल्याउने चालहरू छन् ।’

    उनले यस राजनैतिक संकटबाट भारतलाई फाइदा नपुर्याउने बताएका छन् । यस्तै उनले अहिलेको संकटमा मधेशीहरुको बारेमा केही नबोलिएको पनि बताएका छन् ।

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.