• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

२३ दलीय कार्यगत एकता कायमै रहनेमा नेकपा (मसाल) आसावादी


  •   मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले २३ दलीय कार्यगत एकता कायमै रहनेमा आशावादी रहेको बताएको छ ।

    Advertisement

    आजै नेकपा (क्रान्तिकारी–माओवादी) सहितका चार दलको माझमा “रणनीतिक” संयुक्त मोर्चा गठन गर्ने सहमति भएको सन्दर्भमा पार्टीको यस्तो अवधारणा अगाडि आएको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ पुस १४ गते प्रकाशित प्रेसवक्तव्यमा पार्टीले यस्तो अवधारणा व्यक्त गरेको छ ।

    २३ राजनीतिक दल तथा सङ्घसंस्थामध्येकै चार दलहरू “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा “रणनीतिक” संयुक्त मोर्चा कायम भए पनि सहमतिको आधारमा अहिलेको कार्यगत एकता कायमै राख्न प्रयत्न गर्ने मसालले जनाएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा रणनीतिक संयुक्त मोर्चा बनाएको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) को ध्यान गएको छ ।

    त्यस सन्दर्भमा सर्वप्रथम हामीले के कुरा प्रस्ट गर्न चाहान्छौँ भने त्यसको अर्थ २३ दलीय कार्यगत एकतामा फुट भएको होइन; र, त्यो कारणले फुट हुनुहुन्न भन्ने पनि हाम्रो निश्चित विचार छ ।

    २३ दलीय बैठकमा भएका छलफलबाट देशका रणनीतिक वा कार्यनीतिक प्रश्नमा हाम्राबिचमा पहिलेदेखि नै कैयौँ मतभेद भएको कुरा स्पष्ट थियो । त्यही प्रकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ओली सरकारबारे पनि हाम्रा बेग्लाबेग्लै सोचाइ रहेका थिए; र, अहिले पनि छन् । सङ्घर्षका रूप के हुने ? र, तात्कालिक रूपमा मुख्य जोड केमा दिने ? त्यसबारे पनि हाम्राबिचमा मतभेद रहने गरेका छन् ।

    ओली सरकारद्वारा संसदको विघटनबारे पनि हाम्राबिचमा मतैक्यता कायम हुन सकेको छैन । हामीमध्ये कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी कदम बताउँदै त्यसको पुनस्र्थापनामा जोड दिएका छौँ भने कतिपय पक्षले त्यसलाई प्रतिगामी कदम भनेर विरोध मात्र गर्ने नीति अपनाएका छन्; र, त्यसको पुनस्र्थापनाको विचारलाई अस्वीकार गरेका छन् । कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी बताउन पनि अस्वीकार गरेका छन् । अन्य कतिपय प्रश्नमा पनि हाम्राबिचमा गम्भीर प्रकारका मतभेद रहेका छन् । बेग्लाबेग्लै पार्टी वा सङ्गठनका आफ्नाआफ्ना बेग्लाबेग्लै सैद्धान्तिक र राजनीतिक मान्यता वा दृष्टिकोणका कारणले त्यस प्रकारका मतभेद हुनुलाई हामीले सहज र स्वभाविक रूपमा लिएका छौँ ।

    हाम्राबिचको कार्यगत एकता मदभेदका बिचको एकता हो । हाम्राबिचमा सहमति भएका विषयमा मिलेर संयुक्त रूपले जाने र सहमति नभएका विषयमा बेग्लाबेग्लै संयुक्त मोर्चा वा कार्यगत एकता गरेर जान सक्ने पनि समझदारी भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा नेकपा (क्रान्तिकारी–माओवादी) समेतका बिचमा भएको रणनीतिक मोर्चाले २३ दलका बिचको कार्यगत एकतामा कुनै असर नपार्ने कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ; र, हामी त्यसका लागि आसावादी पनि छौँ ।

    कतिपय प्रश्नमा हाम्राबिचमा मतभेद भए पनि राष्ट्रियता, एमसिसीको विरोध वा जनजीविकासम्बन्धी आदि कैयौँ प्रश्नमा हाम्राबिचमा सहमति छ; र, त्यस प्रकारको सहमतिका आधारमा अहिलेको कार्यगत एकतालाई कायम राख्ने हाम्रो प्रयत्न भइरहने छ ।”

    मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.