भरतमणी न्यौपाने, प्युठान ।
विप्लव निकट अखिल (क्रान्तिकारी)का प्युठान जिल्ला संयोजक वालबहादुर घर्ती उक्त संगठन परित्याग गरि राष्ट्रिय जनमोर्चा सम्वद्द अखिल (छैठौं) मा समाहित हुनुभएको छ ।
वर्तमान सन्दर्भमा राष्ट्रिय जनमोर्चाले लिएको नीति, विचार र दर्शन नै देशको लागि उपयुक्त भएको भन्दै सम्पूर्ण सच्चा कम्युनिस्ट र देशप्रेमीहरुलाई राजमोमा आवद्ध हुन अपिल गर्दै उहाँ अखिल (छैठौं)मा प्रवेश गर्नुभएको हो । उहाँलाई संक्षिप्त कार्यक्रम गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम प्युठान जिल्लाबाट निर्वाचित सासंद दुर्गा पौडेलले अविर लगाई पार्टी प्रवेश गराउनु भएको हो ।
त्यसैगरी राजमो केन्द्रीय कोषाध्यक्ष हिमलाल पुरी र अखिल (छैठौं)का केन्द्रीय सचिव सुवाश जिसिले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्युठान उद्योग वाणिज्य संघका कृष्णभक्त गिरि, युवक संघका जिल्ला उपाध्यक्ष कमल पौडेल, अखिल (छैठौं)का केन्द्रीय वैकल्पिक सदस्य सरोज न्यौपाने, जिल्ला उपाध्यक्ष रमेश विश्वकर्मा, युवक संघका जिल्ला सदस्य भरतमणी न्यौपाने समेत उपस्थित हुनुहुन्थ्यो ।
