शंकरप्रसाद पोख्रेल, गुल्मी ।
कालीगण्डकी गाउँपालिकाको–४ मा पर्ने पात्रे गाउमा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । गाउँमा सम्पन्न भेलाले चमेली शर्माको अध्यक्षतामा २१ सदस्यीय समिती निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा पवन थापा, सचिवमा विक्रम ढकाल, ससचिवमा यमुना लुइँटेल र कोषाध्यक्षमा मित्रलाल शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा गला थापा, पुरन थापा, धनप्रसाद लुइँटेल, पितम्वर शर्मा, बिमला शर्मा, श्याम थापा, बिनु शर्मा, मनीषा थापा, वैकल्पिक सदस्यहरुमा दिलमाया थापा, मिनु शर्मा, विष्णु शर्मा, रवि दर्लामी रहनुभएको छ भने सल्लाहकारमा नारायण ढकाल, वासुदेव लुइँटेल, तुलसीराम लुइँटेल र मेघराज शर्मा रहनुभएको छ ।
भेलाको प्रमुख अथिती मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्री हुनुहुन्थ्यो । उहाँले भेलालाई सम्बोधन गर्दै नवनिर्वाचित कार्यसमितिलाइ बधाई दिनुका साथै देशमा ब्याप्त भ्रष्टाचार, महंगी, अन्याय अत्याचारको विरुद्ध लड्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएकोले सबैलाई राष्ट्रिय जनमोर्चाको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको थियो ।
भेलाको अध्यक्षता नारायण ढकाल र सञ्चालन मेघराज शर्माले गर्नुभएको थियो ।