• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राष्ट्रपति सी को सन्देश लिएर चिनियाँ टोली नेपालमा, भारतमा तरंग


  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार नेपाल आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाली नेताहरुसँग भेटघाटमा ब्यस्त रहेको छ । संसद विघटन र सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) को विभाजन पछि बदलिएको राजनीतिक परिस्थितमा चिनियाँ टोली नेपाल आएको हो ।

    Advertisement

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेको छ भने अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललगायत नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    येचौ नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार बिहान प्रचण्डसँग भेटवार्ता गरी संसद विघटन, नेकपा विभाजनलगायत विषयमा छलफल गरेको खुमलटार स्रोतले जनाएको छ । यसअघि आइतबार चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो । आइतबार काठमाडौं आइपुगेको चिनियाँ टोली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती अबेर बालुवाटार पुगेको हो ।

    चिनियाँ टोलीले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा आएको विभाजन बारे अध्ययन गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँग ओलीले करिब दुई घण्टा भेटवार्ता गरेका थिए ।

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी चिनफिङले पठाउनु भएको नयाँ वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए भने नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे विचार राखेका थिए ।

    चिनियाँ पक्षले आपसी हित र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे खुशी व्यक्त गरेको भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

    आइतबार साढे १ बजे चीनको चेङ्दुबाट काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेको थियो । कोरोना महामारीबाट जोगिन पीपीई लगाएरै काठमाडौं उत्रेको टोली चार दिन नेपालमा रहँदा दूतवासभित्रै बस्ने जनाइएको ।

    भारतमा यस्तो तरंग
    चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएपछि भारतमा तरंग पैदा भएको छ । चिनियाँ प्रतिनिधिमण्डलले नेपालका शीर्ष नेतृत्व तहसँग भेटवार्ता गर्न थालेपछि भारत संशकित भएको हो । यस विषयमा भारत सरकारले प्रत्यक्ष केही भनिसकेको नभए पनि यतिबेला भारतीय सञ्चारमाध्यमले विभिन्न शंका व्यक्त गर्दै विश्लेषण गरिरहेका हुन् ।

    द हिन्दु अखबारका अनुसार गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौंमा भेट गरेपछि दिल्ली उडेका भारतका राजदूत विनय क्वात्रा भारतीय प्रधानमन्त्री मोदीलाई ओलीको सन्देश पुर्‍याउन आएको अनुमान गरिएको छ । सन्देशमा ओलीले आफूले संसद् भंग गराउनुको कारण बताएको पत्रिकाले दाबी गरेको छ ।

    यस्तै, बीबीसी हिन्दीले लेखेको छ, ‘भारतलाई क्षेत्रीय प्रभुत्वको आरोप लगाउने प्रधानमन्त्री ओलीले भारतप्रतिको धारणा नरम बनाइसकेका थिए र यस वर्ष ९सन् २०२०० को अन्त्यतिर शीर्षस्तरको भेटवार्ता सुरु गरेका थिए। तर अहिले तस्बिर केही बदलिएको छ ।’

    केवल ७ महिनायता नेपालका शीर्ष नेताको भारतप्रतिको धारणा पूरै परिवर्तन भएको आरोप लगाइएको छ।

    उसले अगाडि लेखेको छ, ‘ओलीका विपक्षी र नेकपाकै अध्यक्ष प्रचण्ड, जो कुनै बेला भारतकै समर्थक थिए, अहिले नेपालको राजनीतिनक संकटमा चीनको भूमिकाप्रति मौन बसेका छन् ।’

    बीबीसी हिन्दी अगाडि लेख्छ, ‘अर्कातर्फ अन्य देशको आन्तरिक राजनीतिमा टाढै रहने बताउने गरेको चीनले अहिले नेपालको राजनीतिमा हातै हालेको छ। तर हिमालय क्षेत्रमा अस्थिरता पैदा गराएको आरोप लागेको भारत भने नेपालको आन्तरिक मामिलालाई टाढाबाट हेरिमात्र रहेको छ ।’

     

    सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.