शङ्करप्रसाद पोख्रेल/तमघास ।
राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनामा सत्यवति–२ मा भेला सम्पन्न भएको छ । नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
Advertisement
राजमो सत्यवतिका अध्यक्ष मित्रलाल तरामु विशिष्ट अतिथि रहनुभएको उक्त भेलाले रोमबहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा शेरबहादुर राहादी र कोषाध्यक्षमा खुमा कुँवर चयन हुनुभएको छ भने सदस्यहरूमा थम्मन राहादी, विक्रम त्रामु, चुराबहादुर सिञ्जाली, चन्दा कुँवर, ज्ञानबहादुर कुँवर, पूर्णबहादुर कुँवर र प्रेम कुँवर रहनुभएको छ । त्यस्तै सल्लाहकारमा अमर राना, मित्रलाल तरामु रहनुभएको छ ।
राजमो सत्यवति गाउँपालिकाले पुस महिनाभरि वडास्तरीय भेला प्रशिक्षणलगायत सङ्गठन निर्माणको कार्यक्रम तय गरेको मित्रलाल तरामुले जानकारी गराउनुभएको छ ।
