• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रतिनिधि सभा विघटन विरुद्ध सङ्घर्ष गर्ने अन्टुकको घोषणा


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) ले प्रतिनिधि सभा विघटन विरुद्ध सङ्घर्ष गर्ने घोषणा गरेको छ । अन्टुकका का.वा. अध्यक्ष लोकराज भुसालको हस्ताक्षरमा शनिवार जारी प्रेसवक्तव्यमा सो घोषणा गरिएको हो ।

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक सिफारिस तथा राष्ट्रपतिसमेतको असंवैधानिक कार्यशैलीको विरोध गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ
    “नेपालको राजनैतिक इतिहासमा पुनः अस्थिरता अराजकता सिर्जना गराउने गरी प्रधानमन्त्री खड्कप्रसाद ओलीले आफ्नो पार्टी जीवनको आन्तरिक शक्ति सङ्घर्षको समुचित व्यवस्थापन लोकतान्त्रिक विधि, प्रकृया र प्रचलित राजनैतिक मूल्यमान्यतानुसार गर्नुको सट्टा नेपाली जनताले निकै लामो र उच्च प्रकारको सङ्घर्ष गरेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यस्थाखो संस्थागत विकासमा नै धक्का पुर्याउने गरी नेपालको व्यवस्थापिकाको मूल अङ्ग प्रतिनिधि सभाको आकस्मिक रूपमा विघटन गरेर निरङ्कुश र असंवैधानिक कार्य गरेका छन् । यस प्रकारको अलोकतान्त्रिक घटनाप्रति अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को गम्भीर ध्यानाकर्षण भएको छ ।

    लोकतान्त्रिक विधि, मूल्यमान्यता र संविधानको मूल भावना विपरीत गरिएको उक्त कार्यमा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी निरङ्कुस चरम व्यक्तिवादी एवम् आत्मकेन्द्रित चरित्रको उदाङ्गो भएको छ । संसारभरका मानवजाति कोरोना महामारीले महासङ्कट खेपिरहेको र नेपालमा पनि उक्त महामारीको असरबाट लाखौँ जनता सङ्क्रमित भएको, हजारौँ अस्पतालको सैयामा छट्पटाइरहेको, स्वास्थोपचारो उचित व्यवस्थापन हुन नसकिरहेको सङ्कटपूर्ण अवस्था, लामो समयको लकडाउन र असहज परिस्थितिबाट उत्पादन क्षेत्र, पर्यटन, होटल, यातायातलगायतका रोजगारीका क्षेत्र धरासायी अवस्थाबाट गुज्रिन बाध्य भएको र त्यसबाट लाखौँ श्रमिक तथा कृषि–मजदुरले रोजगारी गुमाउन बाध्य भई हातमुख जोड्नसमेत निकै असहज परिस्थितिको सामना गरिरहेको अवस्थामा यस प्रकारको अस्थिर राजनैतिक परिस्थिति सिर्जना गराउनुलाई कुनै पनि दृष्टिकोणबाट राम्रो मान्न सकिँदैन ।

    प्रतिनिधि सभा विघटनजस्तो गम्भीर राजनैतिक महत्त्वको सिफारिसलाई सम्माननीय राष्ट्रपतिले पनि संवैधानिक मर्मबमोजिम छ वा छैन भनी संवैधानिक कानुनका विज्ञ र राजनैतिक तहमा उच्च प्रकारको विमर्श गरी संविधानको संरक्षकको प्रमुख दायित्व र जिम्मेवारी परिपक्क रूपमा वहन गर्न नसकेको देखियो । यस प्रकारको अवस्थामा भविष्यमा मुलुक अझ जटिलतातिर धकेलिन सक्ने सम्भावना देखिएकाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सम्भावित सबै प्रकारका प्रतिगामी कदम विरुद्धको सङ्घर्षमा एकताबद्ध भएर उत्रिन सम्पूर्ण मजदुर, किसान र आम जनताप्रति हार्दिक अपिल गर्दै नेपाली जनताको मौलिक एवम् लोकतान्त्रिक हक–अधिकार, विधिको शासन, राष्ट्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा र सङ्घीताको खारेजीका लागि दृढतासाथ सङ्घर्ष गरिराख्ने प्रतिबध्दता ब्यक्त गर्दछौँ ।”

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.