तिलक थापा,बागलुङ ।
राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिको भेला शनिबार सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
भेलाले थमन घर्तीको अध्यक्षतामा १५ सदस्यीय पालिकास्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भोटुकुमारी चन्द, सचिवमा मिलन हमाल, सहसचिवमा लालबहादुर सिञ्जाली र कोषाध्यक्षमा वेगबहादुर खत्री चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा जुनविक्रम शाही, राजु भण्डारी, भगवती मल्ल, भिमकुमारी बुढा, मनसुर बुढा, विक्रम सिर्पाली, बोमबहादुर पुन, कल्पना सुनार, शुशीला कार्की, गङ्गबहादुर छन्त्याल रहनुभएको छ । भेलाले पाँच जनालाई सल्लाहकारमा चयन गरेको छ ।
एवम् प्रकारले भेलाले निसीखोला गाउँपालिकाको वडा नं. १ देखि ७ सम्मका वडामा वडा भेलासहित सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने र यही पौष १७ र १८ गते विशेष प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
