दाङ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङ–देउखुरीको भेला २०७७ पुस ११ गते घोराहीमा सम्पन्न भएको छ । किसान महासङ्घका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलालाई नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टिकाबहादुर विक, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला वसदस्य भीमकान्त पन्थी र अखिल नेपाल महिला सङ्घकी राधा पोख्रेलले शुभकामना दिनुभएको थियो ।
भेलाको अध्यक्षता मिनुप्रसाद सुवेदीले सञ्चालन चन्द्रबहादुर केसीले र स्वागत मन्तव्य माधव आचार्यले राख्नुभएको थियो ।
भेलाले ऋषि पौडेलेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा माधव आचार्य, सचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्षमा खिमानन्द खनाल रहनुभएको छ ।
सदस्यहरूमा मनिराम खनाल, विष्णु आचार्य, गोपालप्रसाद भट्टराई, घनश्याम भण्डारी, यामप्रसाद भट्टराई र मुक्तिप्रसाद शर्मा रहनुभएको छ ।
त्यस्तै सल्लाहकारमा मिनुप्रसाद सुवेदी, शशिराम बुढाथोकी र डिल्लिराज खनाल रहनुभएको छ । भेलाले पूर्ण सदस्यको एक स्थान र वैकल्पिक सदस्यका तीन स्थान रिक्त राखेको छ ।