• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

माओले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागु गर्नुपर्छ : चित्रबहादुर केसी


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल/बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सजिलै नयाँ जनवादी क्रान्ति नहुने बताउँदै त्यसका लागि माओले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागु गर्नुपर्ने बताउनु्भएको छ । त्यस क्रममा उहाँले चीनमा माओले चलाएको लामो अभियानको शिक्षा नेपालको कम्युनिस्ट आन्दोलनमा आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    रुपन्देहीको बुटवलमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आयोजना गरेको १२८औँ माओजयन्ती कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    कम्युनिस्टको नीति, सिद्वान्त, अनुशासन, आचरण नमान्ने र कम्युनिस्टको नाममा बेथिति गर्ने नक्कली कम्युनिस्टबाट सचेत भएर जनवादी क्रान्तिको बाटोमा लाग्नु पर्ने उहाँको भनाइ थियो । कम्युनिस्ट पार्टीमा अध्ययन गर्ने बानी हराएको उल्लेख गर्दै आवश्यकताले कम्युनिस्ट जन्माएकाले नेपालमा कम्युनिस्टको भूमिका बढेको दावी गर्नुभयो ।

    नेता केसीले संसद विघटनमा ओलीको मात्र चाहना नभई अमेरिका, भारत र युरोपिएन युनियनहरूको चाहनाले काम गरेको दावी गर्नुभयो ।

    वामपन्थी नेता कृष्णराज पौडेलले माओप्रति श्रद्धासुमन प्रकट गर्दै चीनमा माओले चलाएको सर्वहारा सांस्कृतिक क्रान्तिलाई नेपालको कम्युनिस्ट आन्दोलनमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । चीनमा भएको प्रतिक्रान्तिले संसारको कम्युनिस्ट आन्दोलनमा असर परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर जनवादी क्रान्तिबाटो उत्तम हो भन्नुभयो ।

    कम्युनिस्टको नाममा बनेको दुईतिहाइनजिकको ओली नेतृत्व सरकारले असफल भएको उल्लेख गर्दै दुईतिहाइ पाएको बेला पनि सरकार चलाउन नसकेर संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी हो भन्नुभयो । संसदीय प्रणाली संसारमै असफ सिद्व भइसकेकाले अबको बाटो जनवादी क्रान्तिको हो भन्नुभयो वामपन्थी नेता कृष्णराज पौडेलले ।

    वामपन्थी नेता सुरेश थापाले माओले प्रतिपादन गरेका सिद्वान्त प्रयोगमा नआएकाले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन र भड्काव आएको बताउनुभयो । नेपालमा कम्युनिस्ट पार्टीको लक्ष्यानुसार कम्युनिस्ट व्यवस्था स्थापनाका लागि माओ विचारलाई व्यवहारमा आत्मसात गरेर जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुको अर्को विकल्प छैन भन्नुभयो । ठोस परिस्थितिको ठोस संश्लेष्ण नहुँदासम्म कार्यनीति र रणनीतिक सवालमा कम्युनिस्ट पार्टी बन्न नसक्ने बताउनुभयो । उहाँले माओ विचारधारलाई कम्युनिस्ट आन्दोलनमा हतियारको रूपमा प्रयोग गर्नुको विकल्प छैन भन्नुभयो ।

    कार्यक्रममा तराई–मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रदेशसभा सांसद तारा जीसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाललगायतले माओबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।

    वामपन्थी नेता चेतनाथ आचार्यको सञ्चालन र नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जिसीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.