• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

क्रान्तिकारी नीति, सिद्धान्तसहित नेकपा (मसाल) जनतामा गएको छ : प्रवक्ता पुरी (फोटो)


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफ्नो पार्टी क्रान्तिकारी नीति, सिद्धान्त लिएर जनतामा गएको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) बागमती प्रदेशको आयोजनामा काठमाडौँमा आयोजित १२८औँ माओदिवसको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले जनतामा जाने मात्रै ठुलो कुरो नभएको बताउनुभयो ।

    ‘जनताको माझमा त सबै गएका हुन्छन्’ उहाँले भन्नुभयो– ‘मुख्य कुरा हो क्रान्तिकारी नीति, सिद्धान्त र राजनीति । नेकपा (मसाल) क्रान्तिकारी नीति, सिद्धान्त लिएर जनताको माझमा गएको छ ।’

    सम्बोधनको क्रममा उहाँले माओले माक्र्सवाद–लेनिनवादलाई पक्रेको बताउनुभयो । ‘माओले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा कम्युनिस्ट पार्टी निर्माण गर्नुभयो’ उहाँले भन्नुभयो– ‘यही सही नीति, सिद्धान्तकै कारणले माओको नेतृत्वमा चीनमा सर्वहारा क्रान्ति गर्न सम्भव भयो ।’

    माओत्सेतुङभन्दा पहिलेका राजनीतिज्ञहरू पनि जनताको माझमा गएको बताउँदै उहाँले ठोकुवा गर्नुभयो– ‘माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी क्रान्तिकारी नीति, सिद्धान्त लिएर चिनियाँ जनताको माझमा गएको थियो ।’ त्यही कारणले चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माण सम्भव भएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले माओले आफ्नै अध्यक्षतामा बसेको एउटा बैठकमा कम्युनिस्ट पार्टीका नेताहरूको जन्मदिवस नमनाउने निर्णय गराएको बताउनुभयो । ‘तर पछि माओत्सेतुङको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी नीति, सिद्धान्त सर्वहारा वर्गमाझ स्थापित भएपछि माओदिवस मनाउन थालियो’ उहाँले भन्नुभयो ।

    सम्बोधनको क्रममा शर्माले माओले चीनमा सर्वहारा राजनीतिको वैज्ञानिक प्रयोग अगाडि बढाएको दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘माओ विचारधारा भनेको नै चीनको विशिष्ट परिस्थितिमा गरिएको वैज्ञानिक प्रयोग थियो ।’ उहाँले प्रष्ट्याउनुभयो– ‘तर माओ विचारधाराको प्रकृति सार्वभौम प्रकारको छ, विशुद्ध चिनियाँ परिवेशको होइन ।’

    वामपन्थी नेता आनन्द शर्माले कार्यक्रममा सम्बोधन गर्दै देशको अहिलेको विशिष्ट परिस्थिति र कम्युनिस्ट आन्दोलनमा विद्यमान भड्कावको सन्दर्भमा माओदिवस मनाउनुको अर्थ माओको बाटोमा अघि बढ्नु भएको बताउनुभयो ।

    ‘अहिले हाम्रो देशमा विशिष्ट परिस्थिति निर्माण भएको छ; कम्युनिस्ट आन्दोलनभित्र विभिन्न खाले भड्कावको असर छ’ वामपन्थी नेता शर्माले भन्नुभयो– ‘यस्तो बेलामा हामीलाई माओ विचारधाराले लगातार क्रान्तिकारी दिशामा अगाडि बढ्न पथप्रदर्शन गर्दछ ।’

    मन्तव्यको क्रममा उहाँले संशोधनवाद विरुद्ध सङ्घर्ष गर्दैै माओत्सेतुङले माक्र्सवाद–लेनिनवादलाई समृद्ध बनाएको बताउनुभयो । ‘त्यही क्रममा चिनियाँ जनतालाई सामन्तवाद र साम्राज्यवादी शोषणबाट मुक्त गरी समाजवादतर्फ अगाडि बढाउने काम भयो’ उहाँको प्रष्टीकरण थियो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की र प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगरले पनि मन्तव्य राख्नुभएको थियो ।

    नेकपा (मसाल) बागमती प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्बर पुरीले गर्नुभएको थियो ।

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.