काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स बनाउन चिनियाँ कम्पनी ‘सिनो हाइड्रो’ छनौट भएको छ ।मेलम्चीको मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि मेलम्ची खानेपानी विकास समितिले चिनियाँ सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको छ ।
Advertisement
सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको सिनो हाइड्रो नै ‘हेडवक्र्स’ निर्माणका लागि छनोट भएको समितिले जनाएको छ ।इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो ।
निर्माण कम्पनीले १५ महीनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको छ । ‘हेडवक्र्स’ निर्माणको लागत रु एक अर्ब दुई करोड हुनेछ। कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको हो । सुरुङको बाँकी कामका लागि भने रु ७५ करोडमा सम्झौता भएको छ ।