काठमाडौं । वामपन्थी नेता शसी शेरचन (स्वनाम साथी) को निधन भएको छ । उहाँको शुक्रबार साँझ काठमाडौंको मोडल अस्पतालमा निधन भएको प्रगतिशील लेखक संघका महासचिव समीर सिंहले जानकारी दिनुभयो ।
Advertisement
स्वनाम साथी करिब एक महिनादेखि बिरामी पर्नुभएको थियो । उहाँलाई कडा खालको निमोनिया भएको बताइन्छ । सथसाथै उहाँमा कोरोना संक्रमण पनि देखिएको थियो । तर, उपचारपछि कोरोना निको भएको थियो ।
तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) को प्रवक्तासमेत रहनुभएका स्वनाम पछि नारायणकाजी समूहको एकताकेन्द्रमा सामेल हुनुभएको थियो ।
राष्ट्रियताको आन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै अग्रपंक्तिमा खटिरहनुभएका स्वनाम पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्वमा हुनुहुन्थ्यो ।
उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलेसका महासचिव सिंहले बताउनुभयो ।