पोखरा । प्रतिनिधि सभा विघटन विरुद्ध पोखरामा क्रियाशील विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
पृथ्वीनारायण क्याम्पसमा निस्किएको जुलुशले पुत्ला दहनसहितको विरोध प्रदर्शन गरेको हो । आन्दोलनका क्रममा विद्यार्थीहरुले करिब एक घन्टा चक्काजाम समेत गरेका थिए ।
Advertisement
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईं, प्रचण्ड माधव समूह निकट अनेरास्ववियूका केन्द्रीय सदस्य राजन पराजुली र बसन्त भट्टचनले सम्बोधन गर्नुभएको थियो ।