• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रतिनिधि सभा विघटन विरुद्ध चार महिला संगठनद्वारा संघर्षको कार्यक्रम घोषणा


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    अखिल नेपाल महिला सङ्गसहितका चार महिला सङ्गठनले प्रतिनिधि सभा विघटनको घोषणाका विरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् ।

    Advertisement

    राजधानीस्थित माइतीघर मण्डलास्थित ब्याङ्केट हलमा आज (पुस ९ गते) संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

    उनीहरूले नेपाल बार एसोसियसनका पदाधिकारी तथा संविधानविद्सँग अन्तरक्रिया, छलफल गर्ने, सङ्घीय संसद, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

    पत्रकार सम्मेनलमा वितरित प्रेसविज्ञप्तिमा सङ्घर्षका उपर्युक्त कार्यक्रम उल्लेख गरिएको हो ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “भर्खरै मुलुकमा उत्पन्न संवैधानिक सङ्कटका सन्दर्भमा हामी निम्न महिला सङ्घको गम्भीर ध्यानाकर्षण भएको र हामीले संयुक्त रूपमा छलफल गरी हाम्रो साझा धारणा यहाँ स्पष्ट पार्न चाहन्छौँ ।

    यही २०७७ पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभाको कथित विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश र नेपाली जनतालाई अनिश्चिततातिर धकेलिदिएको छ । सरकारको यो कदम चरम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरङ्कुश शासकको चरित्र, देश र जनताप्रति गैरजिम्मेवारी र नालायकीपनको उदाहरण हो भन्ने हाम्रो ठम्याइ छ ।

    प्रतिनिधि सभाको कथित विघटनले स्थिर सरकारका लागि दिइएको नेपाली जनताको जनमतको घोर अपमान मात्र नभई आम नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षद्वारा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको सट्टा प्रतिगामी शक्तिहरू सल्बलाउने सम्भावनाको ढोका खोलेको छ । त्यसकारण पनि ओली सरकारको कदम कदापि स्वीकार्य हुन सक्दैन । यतिखेर देश कोरोना कहर र चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने अर्कोतिर, प्रतिनिधि सभाको कथित विघटनले अझै आधा समयअगावै गर्नुपर्ने चुनावको खर्चले देशको आर्थिक अवस्था धरासायी बन्ने कुरा निश्चित छ ।

    २०७२ को संविधान सभाबाट निर्मित संविधानमा भएको व्यवस्थाले प्रधानमन्त्रीलाई नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको कथित विघटन गर्न खोज्नु संविधानमाथिको कू हो भन्ने हाम्रो ठहर छ । त्यसो भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदमप्रति हाम्रो घोर भत्र्सना एवम् आपत्ति छ । यस्तो असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी निरङ्कुश कार्यको विरोध गर्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त दिदीबहिनी तथा दाजुभाइमा एकजुट भई सशक्त आन्दोलन गर्न हार्दिक अपिल गर्दछौँ ।

    सरकारको यो राष्ट्रघाती कदमको विरोध गर्न निम्न महिला सङ्घले निम्न विरोध र सङ्घर्षको कार्यक्रम पनि गर्ने कुराको सहर्ष जानकारी गराउन चाहन्छौँ ।

    आगामी कार्यक्रम

    १. नेपाल बार एसोसियसनका पदाधिकारीसँग अन्तरक्रिया, छलफल गर्ने ।

    २. संविधानविद्सँग अन्तरक्रिया गर्ने ।

    ३. सङ्घीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने ।

    ४. देशव्यापी जनप्रदर्शन गर्ने ।”

    वक्तव्यमा अखिल नेपाल महिला सङ्घकी संयोजक अमृता थापा, समाजवादी महिला सङ्घ नेपालकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र विवेकशील साझा पार्टीकी महिला नेतृ समीक्षा बास्कोटाको हस्ताक्षर रहेको थियो ।

    मीना पुनको सञ्चालनमा अघि बढेको सो पत्रकार सम्मेलनको अध्यक्षता अमृता थापाले गर्नुभएको थियो । संयुक्त प्रेसविज्ञप्ति निर्मला यादवले वाचन गर्नुभएको थियो भने समीक्षा बास्कोटाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.