काठमाडौं । जम्मू–कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणबाट एक गोर्खा जवानको मृत्यु भएको छ । शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा शहीद भएका हुन् ।
Advertisement
शुक्रवार बिहान पाक सेनाले युद्धविरामको उल्लंघन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गोलीबारी गरेको भारतीय सेनाले जनाएको छ ।
शहीद सुवास थापाको पार्थिव शरीर शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइने पारिवारिक स्रोतले जनाएको छ । ३/५ गोर्खा राइफल्सका जवान सुवास शहीद बनेको खबरले गाउँमा शोक छाएको छ।