पुष्कर भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले बेल्डाँडी गाउँपालिकाको चवन्नी बजारमा संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर अप्रजातान्त्रिक र असंवैधानिक कदम चालेको भन्दै कञ्चनपुरका विभिन्न स्थानीय तहमा राजकोले प्रदर्शन गरिरहेको छ ।
Advertisement

विरोध सभालाई राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अखिल (छैठौं) का महासचिव महेशराज जोशी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्दलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

राजमोका स्थानीय नेता हरि शर्माको अध्यक्षतामा भएको सभाको संचालन राजमो जिल्ला सचिव अहिमान थापाले गर्नुभएको थियो ।