• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

गणतन्त्रको विरोधमा राजावादी र भारतीय चलखेल बढेको राष्ट्रिय जनमोर्चाको ठहर


  •   बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाले यतिखेर गणतन्त्रको विरोधमा राजावादी र भारतीय चलखेल बढेको ठहर गरेको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुधबार (पुस ८ गते) बुटवलमा आयोजित विरोधसभामा मन्तव्य राख्ने राजमो नेताहरूले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    विरोधसभामा बोल्ने राजमोका नेताहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर गम्भीर गल्ती गरेको बताउनुभयो । संसद विघटन भएपछि राजावादीहरूको झनै चलखेल बढेको र भारतले आफ्नो अनुकूलमा नेपालमाथि हस्तक्षेप बढाउँदा गणतन्त्र सङ्कटमा परेको उहाँहरूको दावी थियो ।

    सभामा बोल्दै नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीले भारतको बढ्दो हस्तक्षेप र राजावादीहरूको चलखेल बढेका बेला प्रतिनिधि सभा विघटन हुँदा गणतन्त्र सङ्कटमा परेको बताउनुभयो । सङ्घीय संरचनानुसारका प्रदेशसभा खारेज गर्ने बेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरेर गम्भीर गल्ती गरेको उहाँको भनाइ थियो । प्रवक्ता जिसीले ओलीको कदम गलत भएको बताउँदै देशभर विरोधसभा आयोजना गरेर गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता, भ्रष्टाचारको विरुद्धमा जनतालाई सचेत गराइने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले सङ्घीयताले कमजोर बनाएको र कोरोना भाइरस लागेका नागरिकलाई उपचार गराउन सरकार असफल भएको अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै कारण देशमा सङ्कट उत्पन्न भएको दावी गर्नुभयो ।

    कार्यक्रममा अखिल (छैठौं) का रुपन्देही अध्यक्ष सरोजमान सिंह, अखिल नेपाल जनजाति सम्मेलनका लुम्बिनी प्रदेश सदस्य विमलकुमार श्रीसले बोल्दै प्रतिनिधि सभा विघटनसँगै राजनीतिक सङ्कट उत्पन्न भएको बताउनुभयो । आगामी वैशाखमा चुनाव हुने सम्भावना नरहेको र सङ्घीयता खारेज नगर्दासम्म देशले सही प्रकारको निकास नपाउने उहाँले बताउनुभयो ।

    विरोधसभा केपी पोखरेलको अध्यक्षता तथा मुक्ति सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.