प्युठान । जातीय समता समाज झिमरुक गाउँपालिका वडा न।३ कोटफेराको टोल भेला सम्पन्न भएको छ । भेलाले लिला परियारको अध्यक्षतामा १८ सदस्यीय टोल समितिको गठन गरेको हो।
समितिको उपाध्यक्षमा रेशम परियार, सचिव मिना सामात, सह–सचिव कल्पना परियार र कोषाध्यक्षमा मिना सामत, रहनु भएको छ । त्यस्तैगरि सदस्यहरुमा बालाराम परियार, मोहन परियार, हरि बिक, पुरन सामत, पार्वता परियार, जमुना बिक, सिबे परियार, अस्मिता परियार, सांगले सुनार, चंद्रा परियार र पुतला परियार रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ । यसगरी भेलाले लक्ष्मण सामतलाई सल्लाकारमा चयन गरेको छ ।

भेलाको प्रमुख अतिथि जातीय समता समाज प्यूठानका जिल्ला कोषाध्यक्ष विनोद सिंह बिक हुनुहुन्थ्यो । अतिथिहरुमा जातीय समता समाजका ३ नम्बर वडा अध्यक्ष मोहनकुमार विक र अखिल भारत नेपाली एकता समाजका कृष्ण वराल हुनुहुन्थ्यो ।
वेलमता परियारको अध्यक्षतामा अघि बढेको भेलाको सञ्चालन जुमान सिंह बिक र स्वागत ज्ञानबहादुर परियारले गर्नुभएको थियो ।
