• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

बालबालिकाको विकासमा परिवारको भुमिका के ?


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । बालबालिकाको विकासमा परिवारको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ । बालबालिका जुन वातावरणमा हुर्कन्छन्, उनीहरुले त्यही प्रकारको कुरा र व्यवहार सिक्छन् । कहिलकाहीँ अभिभावकहरुले जानी–नजानी गरेका गल्तिको नराम्रो असर बालबालिकामा पर्छ ।

    Advertisement

    जसमा आमा–बुबाको आपसमा तालमेल नहुनु र भाषाको स्तरमा कुनै सन्तुलन नभएर घरमा तनाव हुनु प्रमुख रहेको छ । बालबालिकालाई घरको वातावरण कस्तो हुनुपर्छ भन्ने बारेमा यहाँ केही जानकारीहरु प्रस्तुत छन् ।

    के–के गर्छन् अभिभावक ?

    अभिभावकहरु एक–अर्कालाई सम्मान गर्दैनन्, बालबालिकाहरुको अगाडि नै झगडा गर्छन् । उनीहरुको झगडाको क्रममा प्रयोग हुने भाषाको स्तर अति नै नराम्रो हुन्छ । उनीहरु कहिलेकाहीँ अपशब्द पनि बोल्छन् । धेरै जसो एक-अर्काको परिवार र आमाबुबाको बारेमा नराम्रो कुरा गर्छन् । त्यस्तै, उनीहरु छुट्टै बस्ने र सम्बन्ध-बिच्छेद गर्ने जस्ता कुराहरु पनि बालबालिकाहरुको अगाडि गर्छन् ।

    बालबालिकामा कस्तो असर पर्छ ?

    बालबालिकामा त्यस्तो परिस्थितिका कारण धेरै रिसाउने भावना बढ्न थाल्छ । बालबालिकाहरुले आक्रामक व्यवहार गर्न थाल्छन् । सामान्य कुरामा पनि कराउन थाल्छन् । ठूलो–ठूलो स्वरले बोल्ने र कहिलेकाहीँ त आफ्नै अभिभावकलाई हात समेत उठाउने गर्छन् ।

    प्रारम्भमा त बालबालिकाहरु अभिभावकको झगडामा कसैको पक्षमा हुँदैनन् । तर, बिस्तारै उनीहरु ठूला हुँदै जान्छन् । त्यो समयमा कुनै एकको पक्ष लिएर झगडामा सहभागी हुन थाल्छन् ।

    बालबालिकालाई आफ्नो पढाईमा रुचि कम हुन थाल्छ । जसका कारण परीक्षामा नम्बर कम आउन थाल्छ । कहिलेकाहीँ त बालबालिकाहरु विद्यालय जान नै मान्दैनन् । कोही त विद्यालय जानै छाड्छन् र दिनभरी घरमा बसेर मोबाइल चलाउने अथवा गेम खेलेर बस्छन् । केही बालबालिकाहरु डिप्रेसनको शिकार हुन्छन् । उनीहरु नयाँ व्यक्तिसँग भेट्न असहज महसुस गर्छन् । स-साना कुरामा छिट्टै दुःखी हुन्छन् ।

    के गर्नुपर्छ ?

    अभिभावकले आपसी मतभेदहरुको बारेमा बालबालिकाहरुको अगाडि कुरा गर्नु हुँदैन । आफ्ना कुराहरु बालबालिकाहरुलाई भनेर उनीहरुबाट सहानुभूति लिने कोशिस गर्नुहुँदैन । अभिभावकले एक-अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकालाई पनि सम्मान गर्न सिकाउनुपर्छ ।

    यदि बालबालिकामा रिसाउने, कराउने जस्ता व्यवहार देखियो भने सजग हुनुपर्छ । आफूमा नियन्त्रण राख्नुपर्छ । त्यसपछि पनि बालबालिकामा कुनै परिर्वतन आएन भने कुनै राम्रो काउन्सिलरसँग भेटेर फेमिली काउन्सलिङ गराउनु पर्छ ।

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.