गणेश अधिकारी,पोखरा ।
संसद विघटनको विरोधमा पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । त्यस क्रममा आगोले पोलेर केही विद्यार्थी नेताहरु सामान्य घाइतेसमेत भएका छन् ।
पृथ्वीनारायण क्याम्पसको प्राङ्गणबाट अखिल (छैठौं), अनेरास्ववियू र समाजवादी विद्यार्थी संगठनले जुलुशसहित पुत्ला दहन गरेको हो । त्यसक्रममा विद्यार्थीहरुले एक घन्टा चक्काजाम गर्दै बिरोध सभामा गरेका थिए।

कार्यक्रममा अखिल (छैठौं) का पृथ्वीनारायण क्याम्पसका इकाई अध्यक्ष बबिन शर्मा, अनेरास्ववियूका जिल्ला सह सचिव बसन्त भट्टचन ,समाजवादी विद्यार्थी युनियनका इकाई अध्यक्ष प्रभात भट्टराईले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रमको संचालन अनेरास्ववियूका इकाई कार्यबाहक अध्यक्ष सन्तोष न्र्यौपानेले गर्नु भएको थियो ।

सो क्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको टाउकोमा आगोले पोलेको थियो भने जनता समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाइको जाकेटमा र अनेरास्ववियूका चिरञ्जीवीको कानमा आगोले पोलेको थियो । अन्य केही विद्यार्थी नेताहरु समेत आगोले पोलेर घाइते भएका छन् ।