लिवाङ । राष्ट्रिय जनमोर्चा रोल्पाले प्रतिनिधि सभा विघटनलगायतका विषयमा सभा सम्पन्न गरेको छ । अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोख्रेलको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता, संसद विघटन र भ्रष्टाचारको विरुद्ध सङ्घर्ष गरौँ नाराका साथ सम्पन्न उक्त सभामा प्रमुख अतिथि पोख्रेलले ओली सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्ने कामले गणतन्त्रमाथि आँच पुगेको बताउनुभयो । उहाँले जननिर्वाचित संसद विघटन गर्ने कामले गणतन्त्रमाथि आँच पुग्ने तथा प्रतिगामीहरू हौसिने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझै पनि सङ्घर्ष गरिरहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो रोल्पाका जिल्ला सदस्य दुर्गा तिरुवा र सङ्घीयता विरोधी मञ्च रोल्पाका जिल्ला संयोजक हस्तमणि पुनले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राजमो रोल्पाका सचिव डम्बर खड्काको सञ्चालन तथा जिल्ला कोषाध्यष भागिरथ विकको अध्यक्षतमा सम्पन्न भएको थियो ।