नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले ओली मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनको विरोधलगायतका विषयमा विरोधसभा जारी राख्ने भएको छ ।
Advertisement
राजमो बाँकेका अध्यक्ष भीमप्रसाद देवकोटाको हस्ताक्षरमा २०७७ पुस ७ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ मूल नाराका साथ पुस १० गतेसम्म निरन्तर विरोध कार्यक्रम गर्ने राजमो बाँकेको विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस क्रममा नेपालगञ्ज, कोहलपुर र खजुरामा विरोध सभा भइसकेका छन् भने अन्यत्र पनि विरोधसभाको कार्यक्रम हुने बताइएको छ ।
