• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता


  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको पीवीको आकस्मिक बैठकले सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्यमार्फत जनाउनुभएको छ ।

    Advertisement

    नेकपाको सरकारलाई दिएको समर्थन नीतिमाथि आधारित रहेको भन्दै मसालले अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

    संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ । तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता जस्ता प्राप्त सिमित अधिकारसमेत गुम्न नदिन बर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ ।

    महामन्त्री सिंहले नेकपाको फुटले त्यो संगठनलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रभाव पार्ने आफ्नो पार्टीको विश्लेषण सही सावित भएको दाबी गर्दै विभिन्न साम्राज्यवादीहरुले देशभित्र गरिरहेको चलखेलप्रति सतर्क गराउनुभएको छ ।

    यस्तो छ, वक्तव्य
    ‘ने.क.पा.(मसाल)को पीवीको आज २०७७ पौष ०६ गते बसेको आकस्मिक बैठकले गरेका निर्णयहरुबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।
    १. ने.क.पा.(मसाल) ले ओली सरकारले संसदलाई विघटन गर्न गरेको अप्रजातान्त्रिक, असंवैधानिक र अधिनायकवादी कदमको कडा शब्दमा विरोध र भत्र्सर्ना गर्दछ ।

    २. अहिले कोरोना भाईरसको संक्रमण र त्यसले देशमा पैदा गरेको स्थिति, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामी शक्तिहरुको बढिरहेको गतिविधि समेतको अवस्थामा देशमा व्यापक ऐक्यवद्धता र राजनीतिक स्थिरताको आवश्यकता थियो । त्यो अवस्थामा ओली सरकारले उठाएको कदम देश र जनताका वृहत्तर हितका विरुद्ध भएको कुरा हाम्रो पार्टीले ठहर गरेको छ ।

    ३. हाम्रो पार्टीले पहिलेदखि नै यो स्पष्ट गर्दै आएको थियो कि नेकपाभित्रको अन्तरकलह त्यसको आन्तरिक विषय मात्र नभएकोले त्यसको सही समाधान हुन नसकेमा त्यसको दुष्परिणाम देशको राजनीतिमा नै पर्नेछ । हामीले यो पनि स्पष्ट गरेका थियौँ, त्यसभित्रका मतभेदहरुलाई विधि, पद्धति अनुसार तथा मैत्रीपूर्ण तरिकाले समाधान नगरेमा त्यसको परिणामस्वरुप त्यो संगठन एकातिर अधिनायकवादतिर जाने र अर्काेतिर त्यो संगठनमा फुट हुने स्थिति उत्पन्न हुनेछ र त्यसको असर सरकार र देशको राजनीतिक स्थिरतामा पनि पर्नेछ । घटनाक्रमले हाम्रो पार्टीको त्यो विश्लेषणलाई सही सावित गरेको छ ।

    ४. नेकपाभित्रको अन्तरकलहलाई आफ्ना निच स्वार्थका पक्षमा उपयोग गर्न देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरु लगातार प्रयत्नशिल भएको कुराप्रति पनि हाम्रो पार्टीले जनताको ध्यान आर्कषण गर्दै आएको थियो । अहिलेको संसदको विघटन मूल रुपमा नेकपाभित्रको अन्तरकलहको परिणाम हो । तर त्यो अन्तरकलह वा अहिले त्यसमा देखा परेको विस्फोटका पछाडि नेपाललाई आफ्ना साम्राज्यवादी स्वार्थका पक्षमा उपयोग गर्ने साम्राज्यवादी शक्तिहरुको षडयन्त्रले पनि एक वा अर्काे प्रकारले काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस सन्दर्भमा हामीले यो पनि स्पष्ट गर्न चाहान्छौँ कि ओली सरकारले कुनै देशी वा विदेशी प्रतिगामी शक्तिहरुको आडमा त्यस प्रकारको कदम चालेको भए त्यसबाट सम्पूर्ण देश र जनतालाई गम्भिर क्षति पुग्नुका साथै अन्तमा स्वयम् ओली सरकारका लागि पनि त्यो कदम आत्मघाती हुनेछ ।

    ५. हाम्रो पार्टीले आधारभूत रुपमा विद्यमान संसदीय वा वहुदलीय व्यवस्थालाई प्रतिक्रियावादी मान्दछ र त्यसका ठाउँमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नुपर्ने कार्यक्रममा जोड दिन्छ । तर त्यो रणनीतिक उद्देश्यका पुरा गर्नका लागि र तात्कालिक रुपमा परिस्थिति तयार पार्नको लागि प्रयत्न गर्दै जानुका साथै तात्कालिक र कार्यनीतिक रुपमा विद्यमान गणतन्त्र वा वहुदलीय व्यवस्थाको रक्षाका लागि संघर्ष गर्नु पनि हाम्रो दायित्व हुन जान्छ ।

    ६. खास गरेर अहिले प्रतिगामी शक्तिहरुले गणतन्त्र र धर्मनिरपेक्षता समेतलाई समाप्त गर्नको लागि आफ्नो गतिविधि बढाइरहेको पृष्ठभूमिमा ती दुबैको रक्षामा जोड दिनु राष्ट्रिय आवश्यकता भएको छ ।

    ७. हामीले ओली सरकारलाई दिएको समर्थनलाई पनि फिर्ता लिने निर्णय गर्दछौँ । ओली सरकारलाई दिएको त्यो समर्थन, प्रथम, व्यक्तिगत रुपमा ओलीका लागि नभएर नेकपाको सरकारका लागि थियो । द्वितीय, त्यो समर्थन नीतिमाथि आधारित थियो । तर अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदममाथि विचार गर्दै हाम्रो पार्टीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    ८. ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनस्र्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    ९. हाम्रो पार्टीले “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टचारका विरुद्ध संघर्ष गरौँ” भन्ने नाराहरुका साथ पौष १० गते सम्मका लागि देशव्यापी रुपमा संघर्षको कार्यक्रम निर्धारित गरेको छ । हामीले संघर्षको उक्त कार्यक्रमलाई कायम राख्दैँ अहिलेको ओली सरकारको संसदलाई विघटन गर्ने असंवैधानिक र अप्रजातान्त्रिक कदमका विरुद्ध सहमति कायमहुन सक्ने राजनीतिक शक्तिहरुसित पनि संयुक्त भएर संघर्षमा सामेल हुने हाम्रो प्रयत्न हुनेछ ।

    १०. त्यस प्रकारको संयुक्त संघर्षको कार्यक्रम केन्द्रीय र स्थानिय तहमा वा राजनीतिक पार्टी वा संगठनहरुका साथै जनवर्गीय तहमा पनि गर्न सकिनेछ । तर त्यसो गर्दा राजावादीहरुसित संयुक्त हुने नीतिलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्नेछ ।

    ११. ओली सरकारले गरेका विभिन्न संवैधानिक नियुक्तिहरु असंवैधानिक छन् । ओली सरकारले जारी गरेको अध्यादेश नै असंवैधानिक भएको हुनाले त्यसका आधारमा न्युनतम प्रक्रिया पनि पुरा नगरिकन गरिएका नियुक्तिहरु असंवैधानिक छन् । त्यसकारण हामीले तिनीहरुको पनि विरोध गर्दछौँ ।

    १२. संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षणको जिम्मा पनि दिएको छ । त्यो अवस्थामा संसदलाई विघटन गर्नका लागि प्रधानमन्त्रीले गरेको सिफारिस संविधान अनुसार छ कि छैन ? त्यसबारे विचार, विमर्श नगरिकन वा राजनीतिक पार्टीका नेताहरु र संविधानविद्हरुसित पराम समेत नगरिकन त्यसलाई अनुमोदन गर्ने कार्य गलत छ । र हामीले राष्ट्रपतिको त्यस प्रकारको कार्यशैलीको पनि आलोचना गर्दछौँ ।

    १३. हामीले ओली सरकारको असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदमका विरुद्धको संघर्षमा व्यापक समर्थन, सहयोग र सहभागिता समेतको लागि सम्पूर्ण जनतासित अपील गर्दछौँ । जनताका अगाडि ओली सरकारको असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम पराजित हुनेछ भन्ने कुरामा हामीलाई पुरा विश्वास छ । जनता अजय छन् र अन्तमा उनीहरुको विजय हुनु अवश्यमभावी छ ।’

    सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.