काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेर राष्ट्रपतिबाट अनुमोदन भएलगत्तै प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिएका छन् । आइतबार संयुक्त पत्रकार सम्मेलन गरी मन्त्रीहरुले सरकार छोडेका हुन् ।
Advertisement
राजीनामा दिने मन्त्रीहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् ।
त्यस क्रममा उनीहरुले प्रधानमन्त्रीले गैर संवैधानिक कदम चालेका कारण उहाँलाई साथ दिन नसकिने बताएका थिए ।
