• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेपाललाई सिक्किम बनाउने भारतको योजना अहिले पनि कायम छ : बद्रे आलम


  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
  • बुटवल । राष्टिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले भारतले नेपाललाई सिक्किम जस्तै भारतीय संघमा गाभ्ने योजना अहिले पनि नबदलिएको बताउनुभएको छ ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चाले रुपन्देही जिल्लाको कंचन गाउँपालिकाको हरैया चोकमा आयोजना गरको बिरोध सभालाई सम्बोधन गर्दै नेता आलमले भारत स्वतन्त्र भएपछि पनि सरदार बल्लभ पटेल, इन्दीरा गान्धीदेखि मोदीसम्म सबै शाशकहरुले भारतमा गाभ्ने योजनाका साथ लागेको बताउनुभयो ।

    गणतन्त्र पछिका तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री पटेलले अरु साना स्वतन्त्र राज्यहरुलाई भारतीय संघमा मिलाए जस्तै नेपाललाइ पनि मिलाउने प्रयास गरेको उहाँले स्मरण गर्नुभयो । उनको आकश्मिक निधनले उक्त अभियान रोकिएको भएपनि पछि इन्दिरा गान्धीले त्यो प्रयासलाई अघि बढाएको उहाँले बताउनुभयो ।

    आन्तरिक किचलो, संकटकाल आदीका कारणले कार्यन्वयन हुन नसकेको त्यो योजना अहिले मोदीले पुनः जनसांखिक आक्रमण तथा कालापानी, लिपूलेख, लिम्पियाधूरा लगायत सिमाक्षेत्रमा अतिक्रमण र आफ्नो दलाली गर्ने प्रवृती भएका नेताहरुलाइ प्रभावित गरेर अगाडि बढाइरहेको बताउनुभयो । नेपाली जनताको संघर्ष र मधेशी जनताको सिमारक्षकको भूमिकाले देशको अस्तित्व सम्भव भएको उहाँले औंल्याउनुभयो ।

    नेता आलमले विदेशी बुहारीलाई एक हातमा सिंदूर र अर्को हातमा अंगीकृत नागरिकताको नीति र आधाभन्दा धेरै जनसंख्या रहेको तराईमा जनसंख्याको आधारमा चुनावक्षेत्रको नीति आम नेपालीहरुलाई अल्पमतमा पार्न योजनासहित आएको बताउनुभयो ।

    नेपालको गणतन्त्र बुर्जुवा गणतन्त्र नै हो भन्दै उपाध्यक्ष आलमले यसले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने भएपनि अहिले नयाँ जनवादी गणतन्त्र आउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । तसर्थ यसको ऐतिहासिक महत्व छ भन्दै उहाँले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो ।

    धर्मनिरपेक्षका कारण क्रिस्चिीनियटी बढेको भन्ने तर्क गलत भएको भन्दै, पश्चिमा देशहरुमा पोप र चर्चको आडमा गरेको धार्मिक शोषण विरुद्ध लामो आन्दोलन पछि धर्म निरपेक्षताको सिद्धान्त अगाडी आएको उल्लेख गर्नुभयो । संघीय प्रणाली मुख्यत प्रदेशको वर्तमान संरचना अत्यधिक महंगो धान्नै नसकिने प्रणालीप्रति आम जनता स्पष्ट भएर अगाडि आउन आवहान गर्नुभयो ।

    बिरोध सभाको अध्यक्षता राजमो कंचन गाउँ समितिका अध्यक्ष लिलाराम खनाल, स्वागत सचिव तुल्सिराम शर्मा तथा संचालन कपिल पौडेलले गर्नुभएको थियो । सभामा नेकपा(मसाल)का रुपन्देही प्रवक्ता नारायण जिसीले पनि बिचार ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम मा कम्युनिष्ट संग्राहलय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो जिल्ला सचिव टानबहादुर केसी, युवक संघका केन्द्रीय सदस्य हरी योगी, अखिल (छैटौं) का जिल्ला अध्यक्ष सरोजमान सिह र वामपन्थी ब्यक्तित्व चुरामणी शर्माको पनि आतिथ्यता रहेको थियो ।

    शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.