प्युठान । राष्ट्रिय जनमोर्चा झिमरूक गाउँपालिकाको साविक वार्ड नं २ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ। अगामी पुष ४ गते मच्छिमा हुन लागेको विरोध सभाको तयारीस्वरुप सो भेला आयोजना गरिएको हो ।
आउँदो पुष ४ गते मच्छिमा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने मूल नाराका साथ विरोधसभाको आयोजना गरिएको छ ।
सो कार्यक्रमलाई सफल पार्न विभिन्न योजनाहरू सहित संगठन परिचालन तथा विकास कार्यबारे नेकपा (मसाल) का रूपन्देही प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, समितिका अध्यक्ष श्रीनारायण जिसीले पनि आफ्नो भनाई राख्नु भएको थियो ।
भेलाले यसअघि सदस्यता अभियानको दौरानमा विभिन्न पार्टी परित्याग गरी राजमोमा सम्मिलित सदस्यहरूलाई समेत समेटेर नयाँ समिति गठन गरेको छ । समितिको अध्यक्षमा अशोक जिसी, उपाध्यक्ष गोविन्दबहादुर जिसी, सचिव खड्क बहादुर एमसी, सहसचिव लोकु गिरी र कोषाध्यक्षमा पवित्रा जिसी चयन हुनुभएको छ ।
सदस्हरूमा श्रीनारायण जिसी, कालू परियार, शंकर जिसी र राजेन्द्र जिसी तथा सल्लाहकारमा हिमलाल रोका, कृष्णबहादुर जिसी, कमला केसी र गिता जिसी रहनुभएको छ।
भेलाको सञ्चालन वडा उपाध्यक्ष लोकबहादुर महताराले गर्नु भएको थियो ।