• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विवादको भूमरीमा नारायणकाजी : ओली पक्ष खेद्ने, प्रचण्ड बोक्ने


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएका पूर्व सांसद कमानसिंह लामासँगको लेनदेनको अडियो बाहिरिएपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चौतर्फी विवादमा मुछिनुभएको छ ।

    Advertisement

    सत्तारुढ नेकपामा ओली पक्षले नारायणकाजीको खेदो खनिरहेको छ भने प्रचण्ड पक्ष बचाउमा जोडबल गरिरहेका छ । सामाजिक सञ्जालको तारो बनेका नारायणकाजीलाई नेकपाकै शीर्ष तहका नेताहरुले कटाक्ष गर्न थालेका छन् ।

    कमानसिंह लामाको नारायणकाजी श्रेष्ठसँग लेनदेन विवाद खुलेपछि उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेललेसमेत श्रेष्ठमाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुभएको छ ।

    पोखरेलले लेख्नुभएको छ, ‘कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन । हार्दिक श्रद्धान्जली । तर उहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई ‘अझ यसमा आवद्ध कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ। अलविदा कमरेड कमानसिंह लामा !’

    कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !

    — Ishwar Pokhrel (@IshwarPokhrel) December 10, 2020

    तर, नारायणकाजीमाथि लागेको आरोपको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने पुरै बचाउ गर्नुभएको छ । आइतबार बसेको स्थायी कमिटिको बैठकमा प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावस्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

    प्रचण्डलाई उदृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडिमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको छ । बैठकलाई उहाँले आफूले समेत लामा र सम्बन्धित हाइड्रोपावर प्राजेक्टको व्यक्तिलाई सँगै राखेर पनि कुरा गरेको र प्रवक्ताले तपाईहरु सबै आफ्नै साथीहरु भएकोले मिल्नुहोस भन्ने बाहेक अरु कुनैपनि कुरा नभएकोले त्यस प्रकारको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो ।’

    विवादबीच बसेको र अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बहिष्कार गरेको नेकपा स्थायी समितिको आइतबारको बैठक लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै पुष १ गतेसम्मका लागि स्थगित भएको छ । लामा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

    यो पनि : मृत्युअघि के लेखेका थिए कमानसिंहले, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिए ? (अडियो टेपसहित)

     

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.