काठमाडौं । सरकारले डीआईजी विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले मंसिर ३ गते एक एआईजीको दरबन्दी थप गरेको थियो भने बढुवा समितिले गत साता पोख्रेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
तर, संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै एआईजीको दरबन्दी थप गर्ने निर्णय बदर गर्न निर्देशन दिएको थियो । सरकारले संसदीय समितिको निर्देशन वेवास्ता गर्दै बढुवा गर्ने निर्णय गरेको हो ।
एआईजीमा बढुवा भएसँगै पोख्रेल भावि आईजीपी बन्ने लकभग पाक्का भएको छ । अरु तीन एआईजी र हालका शीर्ष ४ डीआईजी पनि आईजीपीसँगै अवकास हुनेछन् ।
पोख्रेलको प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ । २०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोख्रेल डीआईजी बढुवा हुँदा पनि यसैगरी एक मात्रै कोटामा परेका थिए ।