हरिप्रसाद सापकोटा, बारा ।
राष्ट्रिय जनमोर्चा बाराले पनि संघीयता तथा प्रतिगमनको खतराविरुद्ध सिमरामा विरोध सभा सम्पन्न गरेको छ । राजमोले ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघीयताको खारेज गरौँ’ भन्ने नाराका साथ बिहीबार देशब्यापी आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सिमरामा पनि विरोध सभाको आयोजना गरेको हो ।
Advertisement
सिमरा चोकमा आयोजित विरोध कार्यक्रममा नेकपा (मसाल) बारा जिल्ला प्रवक्ता रमेश भट्टराई र अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष धर्मानन्द सुवेदीले सम्म्बोधन गर्नु भएको थियो । राजमो प्रदेश उपाध्यक्ष सेरबाहादुर कार्कीले कार्यक्रमको संञ्चालन गर्नुभएको थियो ।