डबल बोगटी, कैलाली ।
राष्ट्रिय जनमोर्चा कैलालीले ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ
धनगढीको पार्कमोडमा विरोध सम्पन्न भएको छ ।
Advertisement
आयोजित विरोध सभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, राजमोका जिल्ला सचिव जगत जोशी र अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य एवं राजमो नेता हरिकृष्ण पाण्डेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा धनगढी उपमहानगर पालिकाका अध्यक्ष डबल बोगटीले गर्नू भएको थियो ।