परासी । राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) को आयोजनामा २०७७ मङ्सिर २५ गते बर्दघाटको त्रिवेणीचोकमा कोणसभा सम्पन्न भएको छ ।
Advertisement
‘गणतन्त्र ,राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ’, सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सङ्घर्ष गरौँ’ मूल नाराका साथ भएको कोणसभाको सञ्चालन राजमो जिल्ला सदस्य रेम रानाले र अध्यक्षता राजमो जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष उत्तम खरेल , नेकपा (नवलपरासी) का जिल्ला प्रवक्ता धनपति सापकोटा र राजमो जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै समयमै सरकारले आफ्ना कमजोरी नसच्याए हालसम्म प्राप्त उपलब्धि गुमने खतरा रहेकोप्रति सबै सजग हुँदै सबैले आआफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।