• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेपाल चलाउने साँचो बाहिरै : चित्रबहादुर केसी


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल/बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो बाहिरै रहेको बताउनुभएको छ । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने उहाँले बताउनुभयो ।

    Advertisement

    गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, सङ्घीयता र भ्रष्टाचारको विबरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिणतिरबाट नेपालको भूगोलमाथि आक्रमण भइरहेको दावी गर्नुभयो । उहाँले नेपाली जनताले लामो समयसम्म कुरबानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरूपयोग गरेको आरोप लगाउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताउनुभयो ।

    छिमेकीले नेपालमा हिन्दु राज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ । अहिलेको पुँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बाँकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताउनुभयो ।

    गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले हिजो राजाबाट फाइदा ल्याएकाहरू आज सडकमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छैन भन्नुभयो ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरूबाट गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले जनतालाई सचेत बनाउनुपर्ने र गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड लदिनुभयो ।

    उहाँले सत्तामा रहेको नेकपा कम्युनिस्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । सत्तापक्षले सत्ता र शक्तिको दुरूपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउँदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दाबी गर्नुभयो ।

    उहाँले नेपालमा सङ्घीयता असफल सिद्व भइसकेको बताउँदै समयमा नै प्रादेशिक संरचना खारेज नगरिए कालान्तरमा सङ्घीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो । भ्रष्टाचार, अनियमितता, महङ्गी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाडौँ गएका नेताहरूका कसरी बने करोडौंका महल र सम्पत्ति जोडे ? अब छानबिन गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सांसद तारा जिसीले सङ्घीय संरचना देशले धान्न नसक्ने बताउँदै अर्काको भर गरेर ऋणमा सङ्घीयता टिकाउन नसकिने बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का रुपन्देही प्रवक्ता नारायण जिसी र राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले पनि सम्बोधन गर्नुभयो ।

    कार्यक्रम राजमो रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.