शङ्करप्रसाद पोख्रेल/तमघास ।
‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सङ्घर्ष गरौँ’ मूल नाराका साथ राष्ट्रिय जनमोर्चा गुल्मीले आज तम्घास बजारको सहिदचोकमा विरोधसभा सम्पन्न गरेको छ।
राजमो जिल्ला सदस्य हरि न्यौपानेको सञ्चालनमा अगाडि बढेको विरोधसभामा सम्बोधन गर्दै राजमो जिल्ला सचिव कमल अर्यालले अहिले देशमा भ्रष्टाचार बढेकोले जनता सरकारप्रति रुष्ट भएको र प्रतिगामी शक्ति सल्बलाएको बताउनुभयो । उहाँले नेपालम सङ्घीयता असफल भइसकेकोले यसलाई खारेज गरेर त्यो पैसाले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका अध्यक्ष गुमानसिंह पुनले जताततै भ्रष्टाचार बढेकाले त्यसका विरुद्ध नेपाली जनता एकजुट हुन आग्रह गर्नुभयो ।
विरोध कार्यक्रममा राजमो रेसुङ्गा नगरपालिकाका सचिव शङ्करप्रसाद पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।
