पुष्कर भट्ट\कञ्चनपुर ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला समितिले ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नाराका साथ विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
विरोधसभामा राजमोका जिल्लाध्यक्ष रामबहादुर कार्की, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौँ) का महासचिव महेशराज जोशीले सम्बोधन गर्नुभएको थियो ।
नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, रक्तिमका जिल्ला संयोजक ललित चन्द, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिवालय सदस्य लालबहादुर कुँवरले गर्नुभएको थियो भने अध्यक्षता राजमो भिमदत्तनगर समितिका सल्लाहकार नरेन्द्र जोशीले गर्नुभएको थियो ।