बसन्त खड्का, अर्घाखाँची ।
‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आज (बिहिबार) अर्घाखाँचीमा विरोध सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समितिले आयोजित विरोध सभामा राजमो जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम पंथिले गर्नू भएको थियो । चुत्राबेसी मसाल बजारबाट जुलुस सहित शान्ति बगैचामा गएर कोणसभा परिणत भएको थियो ।
