• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

भारतको किसान आन्दोलनप्रति अखिल नेपाल किसान महासंघ (अप्फा) को ऐक्यबद्धता


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले भारत चलिरहेको किसान आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ । किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ मङ्सिर २४ गते जारी प्रेसवक्तव्यमार्फत ऐक्यबद्धता जनाइएको हो ।

    Advertisement

    भारतमा चलिरहेको किसान आन्दोलनको सन्दर्भमा किसानमाथि मात्रै होइन, विपक्षी दलहरूमाथि समेत दमन गरिएको भत्सर्ना गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “अहिले भारतमा किसानहरूको आन्दोलन चलिरहेको छ । यस आन्दोलनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) समर्थन र ऐक्यबद्धता प्रकट गर्दछ । उक्त आन्दोनलको सफलताको कामना गर्दछ ।

    २०७३ सालमा काठमाडौँमा सम्पन्न भएको प्रथम विश्व किसान सम्मेलनको आयोजना नेपालले गरेको थियो र त्यसको आयोजक अखिल नेपाल किसान महासङ्घ (अप्फा) थियो । दोस्रो विश्व किसान सम्मेलन बङ्गलादेशले गर्ने निर्णय भएता पनि कोभिड–१९ को कारणले सम्भव हुन सकिरहेको छैन । नेपालको काठमाडौँमा सम्पन्न भएको उक्त सम्मेलनमा विश्वका धेरै राष्ट्रका किसान सङ्घ–सङ्गठनको समर्थन, सहयोग र ऐक्यबद्धता रहेको थियो । विश्वभरि नै उपेक्षित किसानको भौतिक सहभागिताका लागि भिसा, आर्थिक सङ्कटका बाबजुद पनि जर्मनी, बङ्गलादेश र भारतबाट ठुलो सङ्ख्यामा भौतिक उपस्थिति जनाएर काठमाडौँको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनसहित सम्मेलन सफल भएको थियो । बङ्गलादेशमा हुने दोस्रो विश्व किसान सम्मेलनमा पनि यही प्रकारको उच्च ऐक्बद्धता जाहेर हुने छ भन्ने विश्वभरिका किसानहरू प्रतिक्षारत छन् । प्रथम विश्व किसान सम्मेलन सम्पन्न भएपश्चात् यसमा संलग्न किसान सङ्घ–सङ्गठनले आआफ्ना सङ्गठनमार्फत विश्वभरि चलिरहेका किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै आइरहेका छन् । भारतको अहिले चलिरहेको आन्दोलनलाई पनि कोअर्डिनेटरको नाताले नेपालले ऐक्यबद्धता प्रकट गर्दछ ।

    विश्वका विकसित पुँजीवादी र अर्धसामन्ती देशमा सम्पूर्ण किसानको साम्राज्यवादी नवउपनिवेशवादी शोषणले पिल्सिरहेका छन् । विश्व किसान सम्मेलन कोअर्डिनेसन कमिटी यो विश्लेषणमा एकमत छ । विश्वका विकसित मुलुकहरू अमेरिका, ल्याटिन अमेरिका, युरोपियन युनियन, अस्टे«लियाका देशलगायत देशमा समेत साम्राज्यको नवउपनिवेशवादी (न्यू कोलोनिज्म) को मारमा किसान पिल्सिरहेका छन् । यस प्रकार विश्वभरिका नवउपनिवेशवादको मारमा परेका किसानको एउटै आवाज छ : नवउपनिवेशवादबाट किसानहरूलाई मुक्त गर ।
    आज दक्षिण एसियाका देशहरू नेपाल, भुटान, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्सका किसान यही नवउपनिवेशवादी शोषण, मुख्यतः भारतीय साम्राज्यवादको शोषणमा पिल्सिइरहेका छन् । स्वयम् भारत आफै साम्राज्यवादी देश भएकाले साम्राज्यवादी देशसँग प्रतिष्पर्धामा उत्रिन कोसिस गरिरहेको छ । आफ्नो देशमा साम्राज्यवादी एकाधिकार र पुँजीवादी कर्पोरेट कृषिक्षेत्रमा प्रवेश गराई किसानको हक–अधिकारलाई समाप्त पार्ने, भूमिहीन किसानलाई कृषिक्षेत्रबाट बेदखली गर्ने, साना र मध्यम किसानको भू अधिकारलाई समाप्त पारेर कर्पोरेट प्रणाली स्थापना गर्ने, कृषि उत्पादनमा किसानको हक–अधिकार छिनेर एकाधिकारवादी कर्पोरेट बजार प्रणाली कायम गरिरहेकाले करोडौँ किसान सडकमा फालिएका छन् । कर्पोरेट बैङ्कले किसानको ऋणमाथि ऋण थोपरेर बर्सेनि हजारौँको सङ्ख्यामा किसानहरू आत्महत्या गर्न बाध्य बनाइएका छन् । यसरी सम्पूर्ण कृषिक्षेत्रलाई साम्राज्यवादी कर्पोरेट प्रणालीमा रूपान्तरण गरेर किसानमारा नीति अवलम्बन गर्ने मोदी शासनकै विरुद्ध किसानहरू हलो–जुवा, ट्रयाक्टरको जुलुससहित भारतभरि प्रदर्शन गरिरहेका छन् । विपक्षी दलहरूले समेत समर्थन गरेको भारतको यो ऐतिहासिक किसान आन्दोलनमा विपक्षीलाई समेत थुन्ने, जेल हाल्ने, हाउस एरेस्ट गर्नेजस्ता गतिविधि बढाएर मोदी सरकार क्रुर दमनमा उत्रेको छ । भारतीय किसानको यो आन्दोलनलाई नेपालका किसानहरू समर्थन गर्दछन् र साम्राज्यवादीको नवउपनिवेशवादी नीतिको विरुद्ध विश्व किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछन् ।

    नेपाल पनि एक अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएकाले नेपाली किसान सामन्तवाद र साम्राज्यवादबाट पिल्सिरहेका छन् । देशमा राजनैतिक रूपमा पुँजीवादी गणतन्त्र आएता पनि नेपालको अर्धसामन्ती स्वरूपमा परिवर्तन आएको छैन; र, राज्यको स्वरूप प्रतिक्रियावादी छ । यो प्रतिक्रियावादी राज्यमा आवधिक रूपमा शासन गर्ने वामपन्थी मार्काका पार्टीहरूको ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्रका कारणले यो प्रतिक्रियावादी राज्य संरचनालाई फेर्ने दिशामा उनीहरूको भूमिका अत्यन्त कमजोर रहने गरेको र यही यथास्थितिमा आफ्नो शासन व्यवस्था सञ्चालन गर्न साम्राज्यवादी, एकाधिकार पुँजीवादी व्यवस्थासँग साँठगाँठ गरेर शासन व्यवस्था चलाइरहेकाले किसानका  समस्या झन् जटिल बन्दै गइरहेको छ; र, कृषि क्षेत्रमा एकाधिकार पुँजीवाद र कर्पोरेट प्रणाली छिर्न थालेको छ । यसका लागि अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले एकल सङ्घर्ष अगाडि बढाउनुका साथै संयुक्त किसान आन्दोलन पनि अगाडि बढाइरहेको छ ।
    यस प्रकार नेपाललगायत विश्वका किसानले क्रमशः भारतीय किसानको आन्दोलनलाई ऐक्यबद्धता प्रकट गरिरहेका छन् र आन्दोलनको सफलताको कामना गरिरहेका छन् ।”

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.