• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

२० वर्षपछि मुक्तिनाथ अधिकारीको नियती दोहोर्‍याउँदै विप्लव समूहद्वारा शिक्षकको हत्या


  •   मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एकजना शिक्षकको दर्दनाक हत्या गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहले हत्या गरेको हो ।

    Advertisement

    मंगलबार बिहानै घरबाट अपहरण गरेर लगिएका शिक्षक श्रेष्ठको नजिकैको जंगलमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । विप्लव समूहले एक विज्ञप्ति प्रकाशित गरी हत्याको जिम्मा लिएको छ ।

    तत्कालिन माओवादीले सञ्चालन गरेको ‘कथित जनयुद्ध’ का क्रममा १० वर्षअघि २०५८ माघ ३ गते लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको हत्या भएको थियो । त्यस्तै प्रकृतिको क्रुर घटना तत्कालिन माओवादी समूहबाट अलग्गिएको विप्लव समूहले दोहोर्याएको छ ।

    स्थानीयका अनुसार सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका श्रेष्ठको घरमा बिहानै ५ जनाको समूहमा पुगेका विप्लवका कार्यकर्ताले श्रेष्ठलाई हात बाँधेर घरबाट लगेका थिए ।

    घरबाट पश्चिमतर्फ रहेको जंगलमा लगेर अगाडिबाट घाँटी रेटेर हत्या गरेको मोरङका प्रहरीले जनाएको छ ।शिक्षक श्रेष्ठलाई लगेको केही समयपछि खोज्दै गएका स्थानीयले श्रेष्ठको शव लुगाले ढाकिएको अवस्थामा फेला पारेका थिए । उनको घाँटी रेटेर हत्या गरेको देखिएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    नेकपा माओवादी विप्लव समूहका मेची कोसी व्युरो इन्चार्ज प्रताप भन्ने थमनसिंह राईले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकको हत्याको जिम्मा लिएका छन् । उनले शिक्षक श्रेष्ठले विप्लव समूहको सुराकी गरेको र पटक पटक मौका दिँदा पनि नसुध्रिएकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    ‘राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसन सञ्चालन गराएका थिए । २०७७ कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशिराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपुर्ण सामग्रीसहित एक लाख रुपैयाँ लुट्न सघाउ पु-याएका थिए’, विज्ञप्तिमा आरोप लगाइएको छ ।

    श्रेष्ठ स्थानिय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । एक छोरा, बुहारी र छोरी सदरमुकाम नजिक बस्दै आएका थिए । श्रेष्ठ गाउँमै खेती किसानी र अध्यापनगर्दै आएका थिए ।

    मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.