• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सरकारको गलत कार्यशैलीका कारण प्रतिगामी शक्ति सक्रिय : राष्ट्रिय जनमोर्चा


  •   मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकार आफ्नैको गलत कार्यशैलीका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको धारणा व्यक्त गरेको छ । २०७७ मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदभित्रका राजनीतिक दलको संयुक्त बैठकमा राजमो प्रतिनिधिहरूले यस्तो धारणा राख्नुभएको हो ।

    Advertisement

    राजमो महासचिव जनकराज शर्मा र राजमो प्रतिनिधि भैरवराज रेग्मीले आफूहरूले प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा सरकारकै गलत कार्यशैलीले गर्दा प्रतिगामीलाई सडकमा चल्मलाउने वातावरण तयार भएको धारणा राखेको जानकारी दिनुभयो । दुईतिहाइ बहुमत भएर पनि जनअपेक्षानुसार सरकारले काम गर्न नसकेको अवस्थामा त्यसैमाथि टेकेर प्रतिगामीहरू सक्रिय भएको परिस्थितिमा प्रतिगामी खतराका विरुद्ध एक ढिक्का हुन राजमोका प्रतिनिधिहरूले आग्रह गर्नुभएको थियो ।

    बैठकमा राजमो प्रतिनिधिहरूले कोभिड–१९ को महामारीका बेला स्वयम् सत्तारूढ नेकपाभित्र विवाद चर्किंनु दुःखद भएको बताउनुभयो । कोभिड–१९ नियन्त्रण गर्न सरकार असफल भएको बताउँदै उहाँहरूले कोभिडको निःशुल्क परीक्षण र उपचारका दायरा बढाउन सरकारलाई सुझाव दिनुभयो । कोभिड–१९ को भ्याक्सिन बन्दै गइरहेको समाचार बाहिर आएको अवस्थामा राजमो प्रतिनिधिहरूले त्यसको उपलब्धताका लागि सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    यस्तो महामारीका बेलामा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको गन्ध आउनु विडम्बना हो भन्दै उहाँहरूले भ्रष्टाचार देशव्यापी रूपमा व्यापक र संस्थागत हुँदै गएको बताउनुभयो । ‘भ्रष्टाचार जताततै छ, विकास निर्माण, अनुगमन, विभिन्न भौतिक संरचनाको शिलन्न्यासको क्रममा सरकारी साधनश्रोतको दुरूपयोगलगायत सबैतिर भ्रष्टाचार छ’ प्रतिनिधिहरूले भन्नुभयो– ‘यस्तो भ्रष्टाचार केन्द्रदेखि प्रदेश हुँदै स्थानीयतहसम्मै छ ।’ उहाँहरूले भन्नुभयो– ‘सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न सकेन, भ्रष्टाचारीले राजनीतिक संरक्षण प्राप्त गरेका छन् ।’ ‘तत्कालै उच्चस्तरीय शक्तिशाली आयोग गठन गरेर भ्रष्टाचारको छानबिन गरियोस्’ राजमो प्रतिनिधिहरूले जोडदार माग गर्नुभयो ।

    देशमा महिला तथा बालबालिकामाथिको हत्या, हिंसाजस्ता घटना बढ्दै गइरहेकोमा राजमोका प्रतिनिधिहरूले चिन्ता व्यक्त गर्नुभयो । सामान्यतः अपराधको विरुद्ध कानुन बनेको भए पनि सरकारका अङ्गहरूले ती कानुन व्यहारमा कार्यान्वयन नगरेको भन्दै राजमो प्रतिनिधिहरूले पीडितलाई तत्कालै न्याय प्रदान गर्न फास्ट ट्रयाक अदालत गठन गर्न आग्रह गर्नुभयो ।

    लकडाउन र निषेधाज्ञाको समयमा चरम रूपमा महङ्गी बढिरहेको बताउँदै उहाँहरूले बजार अनुगमन तथा मूल्य नियन्त्रणमा सरकारको उपस्थिति नदेखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

    देशमा सार्वभौम संसद हुँदाहुँदै पनि सरकारले अध्यादेशबाट काम चलाउने खोज्ने प्रवृत्ति लोकतान्त्रिक नभएको बताउँदै राजमो प्रतिनिधिहरूले सरकारसित तत्कालै संसदको हिउँदे अधिवेशन बोलाउन माग गर्नुभयो । ‘देश र जनताका समस्या सार्वभौम संसदबाट निर्णय गरेर समाधान गरिनुपर्दछ’ उहाँहरूले भन्नुभयो– ‘अध्यादेशबाट काम चलाउनु खोज्नु प्रजातान्त्रिक कार्यशैली होइन ।’

    सीमा अतिक्रमणजस्ता विषयमा राष्ट्रिय सहमति कायम भको अवस्थामा त्यसअनुरूप सरकारले काम गर्न नसकेकोमा राजमो प्रतिनिधिहरूले यसबारे सरकारले जनतालाई जानकारी दिनुपर्ने माग गर्नुभयो । ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार के गरिरहेको छ ? त्यसबारे सरकारले जनतालाई प्रष्ट पार्नुपर्दछ’ राजमो प्रतिनिधिहरूको भनाइ थियो ।

    ‘सरकार स्वयम् माफिया, दलाल पुँजीपतिको पक्षमा छ कि भन्ने महसुस भइरहेको छ’ उहाँहरूले प्रश्न गर्नुभयो– ‘सत्तारूढ नेकपा र त्यसको सरकार दुईतिहाइ बहुमत हुनुका बाबजुद जनताको समस्या समाधान गर्न किन सक्षम हुन सकेन ?’ उहाँहरूले सत्तारूढ नेकपाले जननिर्वाचित सरकार भएका कारण जनताप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमोका प्रतिनिधिहरूले बैठकमा आफूहरूले सरकारको मैत्रीपूर्ण आलोचना गरिरहेको प्रष्ट पार्नुभयो । ‘हामी यो सरकार भर्खरै ढल्नुपर्दछ भन्ने पक्षमा छैनौँ’ उहाँहरूले भन्नुभयो– ‘किनकि हामीलाई थाहा छ, यो सरकार ढलेर यसपछि बन्ने मिलीजुली सरकार योभन्दा पनि झन् घातक हुने छ ।’ उहाँहरूले थप्नुभयो– ‘हामी चाहन्छौँ, यो सरकार कायम रहोस्, तर सरकारले आफ्नो जनविरोधी कार्यशैली तत्कालै सच्याओस् ।’

    संसदभित्रका अन्य पार्टीहरू नेपाली काङ्ग्रेस, नेमकिपा, राजपा, राप्रपा, सङ्घीय समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहभागिता रहेको सो बैठकमा प्रधानमन्त्रीले सरकारले केही पनि नगरेको भन्ने नभएर केही न केही काम भएको अवस्था हो भन्ने धारणा राख्नुभएको थियो ।

    प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूसितको अन्तरक्रिया जारी राख्ने दावी पनि गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– ‘राजनीतिक दलका आलोचना, सुझाव र टिप्पणीलाई गम्भीरता लिने छौँ ।’

    मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.