• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

यस्तो छ सरकारको मन्त्रालयगत पहिलो चौमासिक विवरण


  •   सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि शुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६ दशमलव चार प्रतिशत भएको बताउनुभयो ।

    Advertisement

    उहाँका अनुसार रेल विभागको वित्तीय प्रगति २७ दशमलव ६३ र भौतिक प्रगति २७ दशमलव ६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति दुई दशमलव ३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति शून्य दशमलव ४७ प्रतिशत र भौतिक प्रगति शून्य दशमलव ८४ प्रतिशत रहेको जानकारी दिनुभयो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७ दशमलव ७३ र भौतिक प्रगति ७६ दशमलव ७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताउनुभयो । ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७ दशमलव ८८ प्रतिशत रहेको र जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२ दशमलव ६६ र भौतिक प्रगति ७३ दशमलव ६४ प्रतिशत रहेकोे उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४ दशमलव ५७ र भौतिक प्रगति ३३ दशमलव ६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गर्नुभएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३० दशमलव ३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिनुभयो । युवा तथा खेलकूद मन्त्रालयको वित्तीय प्रगति ८५ दशमलव २२ र भौतिक प्रगति ९५ दशमलव १० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गर्नुभएको थियो ।

    मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुति सहितको उपसमितिको बैठक आजदेखि शुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हुनुहुन्छ । सो भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् ।

    बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानूनी समस्याका बारेमा समेत उपसमितिलाई जानकारी गराउनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाँल, सदस्यसचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो । राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठक आगामी मङ्सिर २६ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । (रासस)

    सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.