जगदीश ढकाल, नेपालगञ्ज ।
अखिल नेपाल महिला संघ बाँकेले विभिन्न मागहरु राखी आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल महिला संघकी वैकल्पिक केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष पूर्णकला भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ समक्ष ज्ञापन बुझाइएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवम् पूर्व सांसद हरी आचार्य सहभागी हुनुहुन्थ्यो ।
यस्तै, अनेमसंघकी जिल्ला उपाध्यक्ष पार्वती कार्की, सचिव सर्मिला लामिछाने, सल्लाहकार माला केसी, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालसमेत उपस्थित हुनुहुन्थ्यो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले केन्द्रीय तहले पुरा गर्नुपर्ने माग केन्द्रमा पठाउने र जिल्लास्तरबाट हुनसक्ने समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको थियो ।