• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संयुक्त महिला संघ संघर्ष समितिले बुझायो गृहमन्त्रीलाई ज्ञापन


  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । छ महिला सङ्गठन सम्मिलित संयुक्त महिला सङ्घर्ष समितिले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ । सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले गृह मन्त्रालय सिंहदरबार पुगी २०७७ मङ्सिर २१ गते ज्ञापन बुझाएको हो ।

    Advertisement

    महिला हिंसा तथा महिलामाथिका सबै प्रकारका भेदभावको अन्त्यलगायतका विषय समेटिएको १९ बुँदे ज्ञापनपत्र बुझाउन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र गण्डकी प्रदेश सांसद पियारी थापा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अम्बिका मुडभरी र शारदा मगर, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी पवित्रा राई, अखिल नेपाल महिला युनियनकी सीता सुवेदी, रचना शर्मा र शारदाकुमारी श्रेष्ठ, नेपाल महिला फेडरेसनकी लक्ष्मी शाह, वैज्ञानिक समाजवादी महिला सङ्गठनकी धनकुमारी सुनार र सीता विकसहितको प्रतिनिधि मण्डल गृह मन्त्रालय पुगेको थियो ।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले सङ्घर्ष समितिको मागप्रति सरकारको सहमति रहेको बताउनुभयो । एसिड आक्रमणसम्बन्धी विधेयकको उदाहरण दिँदै गृहमन्त्री थापाले महिलासम्बन्धी कानुन क्रमशः कडा बनाउँदै लगिएको र थप कानुन बनाउने प्रक्रिया जारी रहेको बताउनुभयो । उहाँ महिलाका मुद्दा दर्ता नगर्ने समस्या देखा पर्नासाथ गृह मन्त्रालयबाट आदेश गर्ने गरिएकोसमेत बताउनुभयो । महिला हिंसा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको दावी गर्दै मन्त्री थापाले त्यसका लागि महिला सङ्गठन, नागरिक समाज सबैसित सहयोगको अपेक्षासमेत गर्नुभयो ।

    प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यस्तो छ–

    “मुलुकको राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेपाली महिलाले अग्रिम स्थानमा रहेर महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । पटक–पटकको आन्दोलनको परिणामस्वरूप देशमा भएको राजनीतिक परिवर्तनसँगै नेपाली महिलाले विगतको तुलनामा कैयौँ उपलब्धि हासिल गरेका छन् । यद्यपि ती सबै उपलब्धिलाई उनीहरूले दैनिक जीवनमा उपभोग गर्न सकेका छैनन् ।

    अहिले हाम्रो जोड प्राप्त उपलब्धिको रक्षा र उपयोग गर्दै बढीभन्दा बढी अधिकार प्राप्त गर्नको लागि आन्दोलनलाई सङ्गठित गर्ने नै हुने छ । अहिले महिलाले राजनीतिक रूपमा केही अधिकार प्राप्त गरे पनि महिलामाथि विगतदेखि भइरहेका हिंसामा कुनै कमी आउन सकेको छैन ।

    आज महिला हिंसा हाम्रो समाज र सिङ्गो मुलुकको गम्भीर समस्याको रूपमा देखिएको छ । पछिल्लो समयमा महिलामाथिका हिंसाका घटना घट्नुभन्दा झन् बढिरहेका छन् । यस प्रकारको अवस्थामा महिलामाथि यति धेरै हिंसा भइरहनुको कारण के हो ? यसलाई कसरी न्यूनीकरण गर्न र समाधान गर्न सकिन्छ भन्नेबारेमा सरकारले तत्कालीन र दीर्घकालीन हिसाबले प्रभावकारी कदम चाल्न सकेको छैन । यो कदम चाल्न अति नै आवश्यक छ । अहिले पनि हाम्रो समाज सामन्ती पुरुषप्रधान मानसिकताबाट ग्रसित छ । मुलुकले लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरे पनि समाजमा विद्यमान सामन्ती व्यवस्थाका मूल्यमान्यतामा खास परिवर्तन भएका छ्रैनन् । हाम्रा उत्पादन सम्बन्ध, सामाजिक, सांस्कृतिक मूल्यमान्यता, विभिन्न सामाजिक संस्कार, प्रचलन, रीतिरिवाजमा सामन्तवादी सोचाइ हावी छन् । यसकै कारण महिलालाई दोस्रो दर्जाको नागरिक, पुरुषको उपभोग्य वस्तु र खेलौनाको रूपमा मात्र हेर्ने र व्यवहार गर्ने गरिन्छ ।

    महिला आर्थिक रूपमा कमजोर परनिर्भर छन्, बेरोजगारी समस्या व्याप्त छ । गरिबी, अशिक्षा, पिछडिएको चेतनास्तरले महिलालाई थिचिरहेको छ । अन्धविश्वास, कुरीति, कुसंस्कार, कुप्रथाका जञ्जिरले उनीहरूलाई माथि उठ्नै नसक्ने गरी बाँधेको छ । बोक्सी, छाउपडी, बहुविवाह, बालविवाह, चेलीबेटी बेचबिखनजस्ता प्रथा र परम्परा समाजमा हावी छन् । जातीय भेदभाव, छुवाछूतजस्ता अमानवीय प्रचलन दैनिक व्यवहारमा प्रचलित छन् । यी सबै कारणले हाम्रो देशमा महिला हिंसालाई बढावा दिइरहेको छ; र, महिला विरुद्धको हिंसा हरेक समाज, संस्कृति, जात÷जाति सबै क्षेत्रमा विकराल रूपमा बढिरहेको छ । महिलामाथिका हिंसाका घटनाले एकातिर एउटा मानवले प्राप्त गर्न पाउनुपर्ने स्वतन्त्रताको हनन् भइरहेको छ; भने अर्कोतर्फ, उनीहरूको व्यक्तिगत जीवन मात्र होइन, उनीहरूको परिवार, आफन्तजन, सिङ्गै समाज र मुलुकमा नै नकारात्मक असर परिरहेको छ । महिला हिंसा महिलाको मात्र समस्या हो, यसका विरुद्धको आवाज महिलाले नै उठाउनुपर्छ भन्ने सोचाइ सर्वत्र पाइन्छ । त्यस्ता सोचाइ गलत छन् । महिला हिंसालाई सरकारले नै राष्ट्रिय समस्याको मुद्दा बनाउन पर्याप्त ध्यान दिन सकेको छैन । सरकारले महिला हिंसालाई सिङ्गो मुलुकको समस्याको रूपमा लिएर त्यसको अन्त्यका लागि व्यापक योजना बनाउन जरुरी छ ।

    संविधानको धारा ३८ को उपधारा ३, मुलुकी फौजदारी संहिता, मुलुकी देवानी संहिता, मानव बेचविखन विरुद्धको कानुन, घरेलु हिंसा विरुद्धको कानुन, महिलाका पक्षमा भएका नेपाल राष्ट्रपक्ष भएको अन्तर्राष्ट्रिय सन्धिसम्झौतालगायत दर्जनौँ कानुन महिला हिंसाका विरुद्धमा विद्यमान छन् । यसरी हेर्दा हिंसा विरुद्धका कानुनी व्यवस्था बलिया देखिन्छन्, तर हिंसामा परेका सबै महिलाले आफ्नो मानवीय अधिकारको घोर उल्लङ्घन भएको अवस्थामा पनि ती कानुनी उपचारलाई सही ढङ्गले उपभोग गर्न पाएका छैनन् । महिला हिंसाका धेरै घटना डरत्रास, धम्की, प्रलोभनका कारण कानुनी दायरामा आउनै सकेका छैनन् । कानुनी दायरामा आउन खोजे पनि प्रहरीबाट घटना दर्ता नगरिदिने, विभिन्न अनावश्यक प्रश्न सोधेर पीडितलाई निरुत्साहित गराउने, ढिलो न्याय दिने समस्या छ भने कति घटनालाई समाजका कथित भलाद्मी, कथित पञ्चायत बसेर पीडितलाई विभिन्न प्रलोभनमा पारी मेलमिलाप गराउने र अपराधीलाई संरक्षण गर्ने काम भइरहेका छन्, जसलाई हामी सबैले प्रत्यक्ष रूपमा देखिरहेका छौँ । यही कारण हिंसा पीडित महिलामा कानुनप्रतिको विश्वासमा कमी आएको छ ।

    समाजमा बारम्बार दोहोरिने महिला हिंसालाई कम गर्नका लागि सरकार गम्भीर बन्नु आवश्यक छ । घटना घट्नुको कारण के हो ? अपराधिक मानसिकताको विकास कसरी भयो ? त्यसका आर्थिक, सामाजिक, मानवीय तथा मनोविज्ञानसँग सम्बन्धित पक्षको अध्ययन गर्ने, कारण पत्ता लगाउने, त्यस्तो घटना पुनः दोहोरिन नदिनका लागि जनचेतना जगाउने, समाधानको उपाय खोज्ने, विद्यमान कानुनलाई थप कडा बनाउने, कानुनको कठोर कार्यान्वयन गराउने, घटनाको अनुसन्धान पद्धति, अनुसन्धानको प्रभावकारिता, छिटोछरितो न्याय यी सबैमा व्यापक सुधार गर्नुपर्नेबारेमा सरकार गम्भीर हुन आवश्यक छ भन्ने ठहर गर्दै संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले तपसिलका मागलाई ज्ञापनपत्रमार्फत सरकारसमक्ष प्रस्तुत गर्दछ । हामीले अगाडि सारेका माग पूरा गर्न सरकारले अविलम्ब ध्यान दिने छ भन्ने आशा गर्दछौँ । यदि हाम्रा माग पूरा नभएमा हामी सङ्घर्षमा उत्रिन बाध्य हुने छौँ ।

    हाम्रा मागहरू :

    १. महिला हिंसाका मुद्दालाई फास्ट ट्रयाक कोर्टबाट फैसला गर्ने व्यवस्था गरियोस् ।

    २. महिला हिंसाका घटनालाई फैसला गर्न पारिवारिक अदालत गठन गर्नुपर्छ र त्यसमा महिला न्यायाधीशको व्यवस्था गरियोस् ।

    ३. हिंसामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिइयोस् ।

    ४. पीडितलाई उचित क्षतिपूर्ति र छिटो न्याय दिइयोस् ।

    ५. महिला हिंसाका घटनालाई दर्ता गर्ने वा नगर्ने भन्ने प्रहरी प्रशासनकोे स्वविवेकीय अधिकारको अन्त्य हुनुपर्दछ । घटनालाई दर्ता गर्नैपर्ने बाध्यकारी कानुन बनाइयोस् ।

    ६. हिंसापीडितलाई प्रलोभन र दबाबमा पारी मेलमिलाप गराउनेलाई कानुनी कारवाही गरियोस् ।

    ७. निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई छिटोभन्दा छिटो कारबाही गरियोस् ।

    ८. बालबालिकामाथि हुने हिंसा अन्त्य गरियोस् ।

    ९. बालविवाहको अन्त्य गरियोस् ।

    १०. बोक्सी, छाउपडी, दाइजोजस्ता कुसंस्कारको अन्त्य हुनुपर्छ । लैङ्गिक हिंसाको अन्त्य गरियोस् ।

    ११. महिला हिंसा र प्रजनन् स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश गरियोस् ।

    १२. वैदेशिक रोजगारीमा जाने महिलालाई तालिम, बिमा र सुरक्षाको ग्यारेन्टी गरियोस् ।

    १३. जातीय छुवाछुतको अन्त्य गरियोस् ।

    १४. महिलामाथि एसिड प्रहार गर्ने अपराधीका विरुद्ध गरिएको कडा कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् ।

    १५. महिलाको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौता कार्यान्वयन गरियोस् ।

    १६. तीनैतहका सरकारद्वारा महिला हिंसा न्यूनिकरण, यौन शिक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् ।

    १७. हिंसा पीडित बालिका तथा महिलाको पुनस्र्थापना, सुरक्षा र रोजगारीको ग्यारेन्टी सरकारद्वारा नै गरियोस् ।

    १८. महिला हिंसाको मुद्दालाई एकल विन्दू न्याय निरूपण प्रणालीबाट फैसला गरियोस् ।

    १९. एकद्वार प्रणालीबाट न्याय दिने व्यवस्था गरियोस् ।”

    आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.