बसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश अभियान चलिरहेको छ । केही दिन अघि एक कार्यक्रमको आयोजना गरी दर्जनौंलाई पार्टी प्रवेश गराएको राजमोले शनिबार थप चार जनालाई प्रवेश गराएको छ ।
Advertisement
पाणिनी गाउँपालिका वडा नं–२ कमैघारि पातल डाडामा आज प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो । नवप्रवेशीहरुलाई राजमो नेता केहर सिंहरले राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रशिक्षणपछि जातीय समता समाजको टोल समितिसमेत गठन गरिएको छ ।
अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेशको लहर, राजमो र महिला संघको समिति गठन
राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै, नेकपा छोडी दर्जनौं युवा राजमोमा प्रवेश