• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुको बेग्लै भेला, नेताहरु भन्छन् : ओली बैठकबाट भाग्न पाउँदैनन्


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् । नेकपामा दुई अध्यक्षबीच विवाद चर्किदै गएका बेला दाहाल–नेपाल समूहका विद्याथीहरु भेला भएका हुन् ।

    Advertisement

    थापाथली स्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहले भेला गरेका हुन् । विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गरेका थिए ।

    भेलालाई सम्बोधन गर्न पुग्नु भएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभयो । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्न भन्न नपाउने उहाँले बताउनुभयो । बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘भोलिको सचिवालयको बैठक हुनै पर्छ । अस्ती अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिन, म बस्दिन, म छलफलमा भाग लिन्न भनेर भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि म मान्दिन भन्नुभयो । यो भन्न उहाँले पाउनुहुन्न । त्यसैले निकास बैठकबाटै हुनुपर्छ ।’

    दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताउनुभयो । भोलीको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको पनि शाक्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन । त्यसैले पहिलो कुरा भोली सचिवालयको बैठकमा बस्ने र उहाँले दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरु खुलस्त ढंगले एक अर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एक दुई दिन जान्छ होला । त्यसपछी एउटा निष्कर्ष आउँछ । अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने करामा निष्कर्षमा पुग्नै पर्छ । त्यो भन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ ।’

    अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो भन्दै शाक्यले प्रश्न गर्नुभयो । लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्न नमिल्ने शाक्यले बताउनुभयो ।

    ‘दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुप¥यो । प्रचण्डले पेश गरिसकेपछी जे जे त्यहाँ भित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन ।’

    अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको बताउनुभयो । बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताउनुभयो ।

    भेलालाई सम्बोधन गर्न पुग्नु भएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले अस्तीको बैठकमा आउन्न भन्नुभएको हो । भोलीको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन । आफैले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’

    उहाँले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताउनुभयो । उहाँले बैठकहरु निरन्तर अगाडि बढाउने बताउनुभयो ।

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.