• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘विदेशबाट आयातित संघीयताभन्दा प्रजातान्त्रिक विकेन्द्रियता उत्तम’


  •   बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
  • केपि विरही, युएई ।
    युएई नेपाली एकता समाजले संघीयताविरुद्ध विरोध सभा सम्पन्न गरेको छ । ‘संघीयता खारेज गरौँ । कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चालौँ’ भन्ने मूल नाराका साथ अनलाइन भर्चुअल विरोध सभाको आयोजना गरिएको हो । युएई नेपाली एकता समाजका कार्यबहाक अध्यक्ष दिनेश थापाको अध्यक्ष र महासचिव टीका नेपालीले सञ्चालन गर्नुभएको कार्यकमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा हुनुहुन्थ्यो ।

    Advertisement

    सो अवसरमा बोल्दै नेता शर्माले राष्ट्रिय जनमोर्चाले सुरुदेखिनै गर्दै आएको आन्दोलनका कारण नै आज देशमा संघीयता बेठीक छ भन्ने कुरा नेपाली जनतालाइ महशुस भएको बताउनुभयो ।

    संघीयता देशको र जनताको अहितमा छ भन्दै उहाँले जुन व्यवस्था देश र जनताको हितमा छैन, त्यस्तो व्यवस्था एक मिनेट पनि राख्न नहुने बताउनुभयो । उहाँले संघीयता धान्न गर्नुपरेको खर्चका कारण जनताले प्रभावकारी उपचार पाउन नसकेको बताउनुभयो ।

    साथै उहाँले कोभिड–१९ ले गर्दा रोजगारी गुमाएर स्वदेश फर्किएका लाखौं स्वदेशी तथा प्रवासी नेपालीहरुको सरकारले उचित व्यवस्थापन गर्न नसक्नाले पुनः विदेश पलाएन हुनु परेको अत्यन्तै लाजमर्दो अवस्था रहेको बताउनुभयो ।

    फरक प्रशंगमा शर्माले भन्नुभयो, –‘अस्पतालहरुले बेड खाली छैन भन्छन् । विरामीले बेड स्पेस भएको अस्पताल खोज्दा खोज्दै मृत्यु हुन्छ। सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारको लागि प्रभावकारी कदम चाल्न नसक्नु सरकारको गैह्रजिम्मेवारी पन हो । त्यसकारण हामीले आन्दोलन मार्फत चेतावनी दिई रहेका छौँ ।’

    देशको राष्ट्रिय राजनितिको चर्चा गर्दै अहिले देशमा जनताको रगतले साटेर ल्याएको गणतन्त्र माथि धावा बोलिरहेको बताउनुभयो । उहाँले एउटा सत्तासिन पार्टीका गलत कार्य प्रणालीले गर्दा र अर्को भारतीय साम्राज्यवादले बाल्दिएको हरियो बत्तिको सिग्नलमा नाच्ने गरेको छ भन्नू भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाले सरकारले एकातिर युवा शक्तिहरुलाइ विदेश पलाएन हुन बाट रोक्ने कुरा गर्छ तर अर्को तिर नयाँ नयाँ देश हरुसग नयाँ नयाँ श्रम सम्झौताहरु गरेर युवा शक्ति हरुलाइ विदेश धकेली रहेको छ भन्नुभयो । साथै संघीयताको चर्चा गर्दै मानव जाति कविला जातिबाट विकसित हुँदै एउटा राष्ट्रमा परिणत हुन्छ फेरि त्यहीँ कविला समाजमा फर्किन चहान्न फर्किन हुन्न भन्नू भयो ।

    त्यस्तै अर्को अतिथी दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले स्विजरल्यान्ड गएर ल्याएको संघीयताले भन्दा राष्ट्रिय जनमोर्चाले नेपाली माटोमा उत्पादन गरेर ल्याइएको स्थानीय स्वशासन सहितको प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित एकात्मक राज्य प्रणाली उत्तम र बैज्ञानिक रहेको देखाएको छ भन्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, युएई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसाल, युएई नेपाली एकता समाजका सल्लाहकार लेखनाथ अधिकारी, महिला विभागकी अध्यक्ष बिनु केसी, अबुधावी महिला क्षेत्रीय समितिकी सचिव बिना तामाङ, अबुधावी क्षेत्रीय समितिका सचिव सोब परियार, दुबई क्षेत्रीय समितिका सदस्य ललन बिस्वकर्मा, उमलकुइन क्षेत्रीय समितिका अध्यक्ष खुमराज पौडेल, अजमान क्षेत्रीय समितिका अध्यक्ष रमेश विक, रक्तिम विभागका चित्र सुनार, मिना घिमिरे, प्रेम भण्डारी नेपाली, समाजका महासचिव बेद प्रकाश अर्याल, बाग्लुङ सेवा समाजका अध्यक्ष रत्न बिक, सुदुर पश्चिम सेवा समाजका शिबराज तिमिल्सिना, स्याङ्जा सेवा समाजबाट कल्पित भण्डारी, सैनामैनाबाट केशव ढकाल, रुपन्देही सेवा समाजबाट युबराज भट्टराईको उपस्थिति रहेको थियो ।

    युएई नेपाली एकता समाजका सचिव केपि विरहीले स्वागत गर्नुभएको कार्यक्रममा दुर्गा अधिकारी, युवराज भट्टराई, बिनु तामाङ, शिवराज तिमिल्सेना, बिनु केसी, प्रेम भण्डारी, लेखनाथ अधिकारी, रत्न विक, खुमराज पौडेल, सोब परियार लगाएतले मन्तव्य राख्नु भएको थियो ।

    बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.