काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ ।
Advertisement
मंगलबार सूचना प्रकाशित गरी प्रशासनले पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढ्दै गएको भनदै सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रशासनले जारी गरेको सूचनामा संक्रमण रोक्न मद्धत गर्न उपत्यकाबासीसँग आग्रह पनि गरेको छ । प्रशासनले सूचनालाई वेवास्ता गरी हालैका दिनमा सभा जुलुश जस्ता भिडभाडजन्य गतिविधि भइरेको जानकारीमा आएकोले भिडभाड गरे/गराइएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
